Kathmandu Press

नेपालमा विश्वको प्रविधि र समृद्धि भित्र्याउने काममा लाग्न परराष्ट्रमन्त्रीको आग्रह

मन्त्री डा. राणाले नेपालको संस्कृति, यहाँको पर्यटन र सम्पदाहरु संसारकै अलौकिक र अद्वितीय रहेकाले यिनको प्रचारगरी विश्वस्तरमा पुर्‍याउन आग्रह गर्दै संसारका पर्यटक नेपाल भित्र्याउने काममा अनररी कन्सुलरहरको भूमिका महत्वपूर्ण हुने बताइन्।
नेपालमा विश्वको प्रविधि र समृद्धि भित्र्याउने काममा लाग्न परराष्ट्रमन्त्रीको आग्रह

काठमाडौं, साउन ८ : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आर्थिक कूटनीतिकका माध्यमबाट विश्वको समृद्धि तथा प्रविधि भित्र्याउने काममा लाग्न नेपालमा कार्यरत अवैतनिक वाणिज्यदूतहरुलाई आग्रह गरेकी छिन्।

नेपालमा कार्यरत अवैतनिक वाणिज्यदूतहरुको संस्था अनररी कन्सुलर, कर्पस नेपालको १७औं वार्षिक साधारणसभा तथा ‘चार्टर डे’ समारोहलाई सम्बोधन गर्दै मन्त्री डा. राणाले यस्तो अग्रह गरेकी हुन्।

Hardik ivf

‘यहाँहरु यति धेरै देशसँग जोडिनुभएको छ, त्यो नेपालका लागि पनि खुसीको कुरा हो। यहाँहरु जुनजुन देशसँग जोडिनुभएको छ, ती देशको समृद्धि, प्रविधि तथा ज्ञानलाई नेपालसम्म ल्याउन र ती देशबाट नेपालमा लगानी भित्र्याउने काममा लाग्न म यहाँहरुलाई आग्रह गर्दछु,’ उनले भनिन्।

मन्त्री डा. राणाले नेपालको संस्कृति, यहाँको पर्यटन र सम्पदाहरु संसारकै अलौकिक र अद्वितीय रहेकाले यिनको प्रचारगरी विश्वस्तरमा पुर्‍याउन आग्रह गर्दै संसारका पर्यटक नेपाल भित्र्याउने काममा अनररी कन्सुलरहरको भूमिका महत्वपूर्ण हुने बताइन्। उनले नेपालले लिएको शान्ति, मानव अधिकार र प्रजातन्त्रप्रतिको प्रतिबद्धताको सन्देश पनि विश्वमा पु¥याउन आग्रह गरिन्।

संसारमा नेपालको अलग्गै पहिचान रहेको र हाम्रो परम्परा र सम्पदाहरु विश्वका पर्यटकहरुका लागि आकर्षणका केन्द्र भएकाले विश्वका यतिधेरै देशससँग जोडिएका वाणिज्यदूतहरुले नेपालमा पर्यटन क्षेत्रको प्रवर्धनका लागि लाग्नुपर्नेमा उनको जोड थियो।

उनले नेपाल अब राजनीतिक स्थायित्वमा प्रवेश गरेकाले वैदेशिक तथा स्वदेशी लगानीका लागि पनि लाग्नुपर्नेमा जोड दिइन्।

‘राजनीतिक अस्थिरताका कारण पनि धेरै कुरामा असर पर्दछ। अब देशका दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र एमाले मिलेर सरकार निर्माण गरेकाले देशमा राजनीतिक स्थायित्वको वातावरण निर्माण भएको छ,’ उनले भनिन्, ‘त्यसैले यहाँहरुलाई ढुक्क भएर लगानी गर्न र नेपालमा बढीभन्दा बढी वैदेशिक लगानी भित्र्याउने काममा लाग्न पनि मेरो आग्रह छ।’

उनले नेपालमा यी दुई ठूला दल मिल्दा देशमा समय समयमा ठूला र महत्वपूर्ण राजनीतिक परिवर्तन भएका स्मरण गर्दै अब पनि यी दलको संयुक्त सरकारबाट देशमा राजनीतिक स्थायित्व र समृद्धि आउने विश्वास दिलाइन्।

प्रकाशित मिति: २१:३१ बजे, मंगलबार, साउन ८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्