Kathmandu Press

इन्जिनियर हुसैनविरुद्ध १ लाख घुस लिएको अभियोग

अभियुक्त हुसैन ताप्लेजुङको फुङलिङ नगरपालिकाका इन्जिनियर हुन्। उनी यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीबाट घुस लिँदै गर्दा रंगेहात समातिएका थिए।
इन्जिनियर हुसैनविरुद्ध १ लाख घुस लिएको अभियोग

काठमाडौं, साउन ८ : सेवाग्राहीबाट १ लाख रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका इन्जिनियर मोहम्मद हुसैनविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर भएको छ।

अभियुक्त हुसैन ताप्लेजुङको फुङलिङ नगरपालिकाका इन्जिनियर हुन्। उनी यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीबाट घुस लिँदै गर्दा रंगेहात समातिएका थिए।

हुसैनविरुद्ध १ लाख रुपैयाँ बिगो मागदाबी गर्दै भ्रष्टाचारमा सजाय तोक्न अदालत समक्ष माग गरिएको छ । हुसैनविरुद्ध फुङलिङ नगरपालिकाको वडा नम्बर, २ स्थित खेलकुद मैदान निर्माणका क्रममा सेवाग्राहीबाट घुस लिएको आरोप छ । उनी गत असार १८ गते पक्राउ परेका थिए।

अख्तियारको अनुसन्धानबाट हुसैनले खेल मैदान निर्माण कार्य सम्पन्न भएपछि सरकारी रकम भुक्तानी गर्ने क्रममा उक्त घुस लिएको खुलेको छ।

अख्तियारको अभियोगपत्रमा करीब ७ लाख रुपैयाँमा लगाइएको खेल मैदान निर्माणसम्बन्धी ठेक्कामा ‘माथिसम्म मिलाउनु पर्छ’ भन्ने नाममा इन्जिनियर हुसैनले ठेकेदारबाट घुसबापत रकम बुझेको दाबी गरिएकाे छ।

प्रकाशित मिति: २०:३० बजे, मंगलबार, साउन ८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्