मनसुनयता बाढीपहिरामा परी १३३ को मृत्यु
प्रहरी प्रवक्ता दानबहादुर कार्कीले काठमाडौं उपत्यकामा २, कोशी प्रदेशमा २२, मधेस प्रदेशमा २, बागमती प्रदेशमा २५, गण्डकी प्रदेशमा ३८, लुम्बिनी प्रदेशमा २३, कर्णाली प्रदेशमा सात र सुदूरपश्चिम प्रदेशमा १० जनाको मृत्यु भएको बताए।
काठमाडौं, साउन ८ : मनसुनी वर्षाका कारण आएको बाढीपहिरालगायत विपदमा परेर गत जेठ २८ गते यता १३३ जनाको मृत्यु भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार सो अवधिमा १४५ जना घाइते भएका छन् भने सिमलताल घटनाबाहेक सात जना बेपत्ता रहेका छन्।
प्रहरी प्रवक्ता दानबहादुर कार्कीले काठमाडौं उपत्यकामा २, कोशी प्रदेशमा २२, मधेस प्रदेशमा २, बागमती प्रदेशमा २५, गण्डकी प्रदेशमा ३८, लुम्बिनी प्रदेशमा २३, कर्णाली प्रदेशमा सात र सुदूरपश्चिम प्रदेशमा १० जनाको मृत्यु भएको बताए।
उनका अनुसार काठमाडौं उपत्यकामा ९, कोशी प्रदेशमा ३४, मधेस प्रदेशमा ९, बागमती प्रदेशमा ७, गण्डकी प्रदेशमा २९, लुम्बिनी प्रदेशमा ९, कर्णाली प्रदेशमा ३४ र सुदूरपश्चिम प्रदेशमा १४ गरी १४५ जना घाइते भएका छन्।
काठमाडौं उपत्यकामा १, कोशी प्रदेशमा ४९, गण्डकी प्रदेशमा १२ र सुदूरपश्चिम प्रदेशमा ५ गरी ६७ जनाको उद्धार गरिएको छ। बाढीपहिरामा परी सात जना बेपत्ता रहेको जनाइएको छ। उक्त अवधिमा विपद्का घटनाबाट चार हजार १८ परिवार विस्थापित भएका छन्।