Kathmandu Press

५ हजार घुस प्रकरण छानबिन गर्न समिति गठन

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका प्रवक्ता तथा उपमहानिर्देशक बसन्त प्रसाद कोइरालाको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको हो।
५ हजार घुस प्रकरण छानबिन गर्न समिति गठन

काठमाडौं, साउन ८ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पाठ्यक्रम विकास केन्द्रबाट सेवा लिँदा घुस खुवाउनु परेको सांसदको आरोपपछि छानबिन गर्न समिति गठन गरेको छ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका प्रवक्ता तथा उपमहानिर्देशक बसन्त प्रसाद कोइरालाको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको हो। मन्त्रालयका प्रवक्ता केशव प्रसाद दहालका अनुसार समितिमा उपसचिव रामप्रसाद शर्मा र शाखा अधिकृत पुष्पा वाग्ले सदस्य रहेका छन्।

जनता समाजवादीका सांसद वीरेन्द्र महतो प्रतिनिधिसभा बैठकमा छोराको समकक्षता लिन पाँच हजार रुपैयाँ घुस दिनुपरेको बताएका थिए। भारतीय सीबीएसई कोर्स पढेर नेपालबाट समकक्षता लिँदा ५ हजार घुस दिएपछि मात्रै काम बनेको भन्दै संसद महताले प्रश्न उठाएका थिए।

मन्त्रालयले एक विज्ञप्ती मार्फत समकक्षताको प्रमाणपत्र लिँदा अपनाउनुपर्ने प्रक्रिया, सोमा लाग्ने दस्तुर लगायतका विषयवस्तुका सम्बन्धमा आवश्यक छानबिन गरी सात दिनभित्रमा प्रतिवेदन पेस गर्न भनेको छ। 
 

प्रकाशित मिति: १७:१५ बजे, मंगलबार, साउन ८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्