Kathmandu Press

‘सांसदले घुस दिएको विषयमा तत्काल अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको छु’

प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री लेखकले सांसद महतोले घुस दिएको विषयमा सांसदहरुले सदनमा उठाएका विषयमा सरकार गम्भीर रहेको भन्दै अनुसन्धान अघि बढाएको सदनलाई जानकारी दिए।
‘सांसदले घुस दिएको विषयमा तत्काल अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको छु’

काठमाडौं, साउन ८: गृहमन्त्री रमेश लेखकले पूर्वमन्त्री एवं सांसद डा वीरेन्द्र महतोले घुस दिएको विषय अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिइसकेको बताएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री लेखकले सांसद महतोले घुस दिएको विषयमा सांसदहरुले सदनमा उठाएका विषयमा सरकार गम्भीर रहेको भन्दै अनुसन्धान अघि बढाएको सदनलाई जानकारी दिए।

Hardik ivf

आफूले व्यक्तिगत रुपमै सांसद महतोसँग उक्त विषयमा जानकारी लिएको उनले बताए।

‘घुस प्रकरणमा  तत्काल छानबिन थाल्न आदेश भएको छ। यो विषयलाई सरकारले  गम्भीर रुपमा लिएको छ,’ गृहमन्त्री लेखकले भने, ‘सदनमा एक सदस्यले आफ्नो छोराको सर्टिफिकेटको सन्र्दभमा विचौलीयालाई घुस दिएको कुरा उठाउनुभएको छ। मैले व्यक्तिगत रुपमा उहाँसँग कुरा गरेर घुस लिने मान्छे चिनाउन आग्रह गरेको छु।’

प्रकाशित मिति: १७:१३ बजे, मंगलबार, साउन ८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्