Kathmandu Press

‘सत्ता पक्षमा हुँदैमा गलतलाई सत्य भन्न सकिदैनँ’

‘ठूला दल एक ठाउँमा उभिंदा कतै निरङकुशता उब्जन्छ कि भन्न डर कायम छ। यसमा मिडियाले निरन्तर खवरदारी गर्नुपर्छ । सत्ता पक्षमा हुँदैमा गलतलाई सत्य भन्न सकिदैन्। संसदबाट सहीलाई सही र गलतलाई गलत हो भनेर कांग्रेस आवाज उठाउँछ,’ उनले भने।
‘सत्ता पक्षमा हुँदैमा गलतलाई सत्य भन्न सकिदैनँ’

काठमाडौं, साउन ८ : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले १० वर्षमा संविधानमा पुनरावलोकन वा परिमार्जन गर्नुपर्ने संवैधानिक वाध्यता रहेको बताएका छन्।

नेपाल प्रेस युनियन केन्द्रीय समितिले आयोजना गरेको ‘संविधान संशोधन र प्रेस  तथा अभिव्यक्ति’ विषयक विचार गोष्ठीमा उनले पुनरावलोकन संविधानमै भएको व्यवस्था भएकाले कांग्रेस–एमालेले यसलाई प्राथमिकतामा राख्नुपर्ने बताए। साथै सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासनको कुरालाई ध्यान दिनुपर्ने बताए।

Hardik ivf

‘ठूला दल एक ठाउँमा उभिंदा कतै निरङकुशता उब्जन्छ कि भन्न डर कायम छ। यसमा मिडियाले निरन्तर खवरदारी गर्नुपर्छ । सत्ता पक्षमा हुँदैमा गलतलाई सत्य भन्न सकिदैन्। संसदबाट सहीलाई सही र गलतलाई गलत हो भनेर कांग्रेस आवाज उठाउँछ,’ उनले भने।

डा. कोइरालाले संविधान संशोधन गर्दा समावेशितालाई अझ बलियो बनाउनेगरी जानुपर्ने र निर्वाचन प्रणालीलाई सुधार गर्नुपर्ने औंल्याए। संविधान संशोधन गर्ने नाममा ‘पेन्डोरा बक्स’ त खुल्ने होइन भन्ने डर भएकाले यसमा सचेत रहनुपर्ने सुझाए।

मन्त्रीहरू खादा मालामा व्यस्त भएको उल्लेख गर्दै डा. कोइरालाले सरकारलाई गल्ती गर्ने र कुनै कमी कमजोरी गर्ने छुट नभएको बताए।नागरिकमा निराशा चिर्न र राष्ट्रलाई प्राथमिकतामा राखेर आशा जगाउनेगरी काम गर्ने बताए।

उनले प्रेस स्वतन्त्रताले पनि राजनीतिक क्षेत्रमा ठुलो परिवर्तन आउने बताए। यस्तै उनले कांग्रेस र एमालेको सहकार्यमा बनेको सरकारले संविधान संशोधन गर्दा सबै राजनीतिक दलसँगै मिलेर अगाडि बढ्न आग्रह गरे।

उनले सबै मिलेर गए मात्रै राजनीतिक स्थायित्व,आर्थिक विकास, सुशासन,भ्रष्टाचार मुक्त समाज बन्ने विश्वास व्यक्त गरे।

प्रकाशित मिति: १६:५३ बजे, मंगलबार, साउन ८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्