Kathmandu Press

‘प्रमुख सहरहरुको व्यवस्थित ठेगाना प्रणाली लागू गरियोस्’

उनले प्रधानमन्त्रीले भ्रष्टाचार गर्दिनँ, गर्न दिने छैन र कुनैपनि कालखण्डमा गरेको भ्रष्टाचारमा कडा रुपमा प्रस्तुत हुन्छु भनेर सदनमा प्रतिवद्धता जनाएको भन्दै उक्त वाक्यांस कसका लागि लक्षित गरेको भन्दै प्रश्न गरे।
‘प्रमुख सहरहरुको व्यवस्थित ठेगाना प्रणाली लागू गरियोस्’

काठमाडौं, साउन ८ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले देशको भूगोललाई सुहाउँदो प्रमुख सहरहरुको व्यवस्थित ठेगाना प्रणाली लागु गर्न सरकारसँग माग गरेका छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै उनले ठेगाना प्रणालीलाई व्यवस्थित बनाउन नसकिएमा सहर विकास गरेको कुनै औचित्य नहुने भन्दै व्यवस्थित ठेगाना प्रणाली लागू गर्न माग गरे।

Hardik ivf

‘देशको राजधानी जस्तो सहरको विकासका लागि एकदमै आवश्यक व्यवस्थित ठेगाना प्रणालीबारे बारम्बार उठाइरहेको छु। ठेगाना प्रणालीलाई व्यवस्थित बनाउन सकिएन भने सहर विकास गरेको कुनै औचित्य हुँदैन,’ उनले भने, ‘म देशका सबै प्रमुख सहरहरुको व्यवस्थित एकै किसिमको ठेगाना प्रणाली लागु गर्न माग गर्दछु। एउटा नागरिक विरामी हुँदै गर्दा एम्बुलेन्स कहाँ पठाउने? एक घरमा दुर्घट्ना हुँदैगर्दा दमकल कहाँ पठाउने? न्यूनतम आवश्यकतालाई मध्यनजर गरेर यही आर्थिक विकासभित्र सरकारले भूगोल सुहाँउदो ठेगाना प्रणाली लागु गर्न माग गर्दछु।’

उनले प्रधानमन्त्रीले भ्रष्टाचार गर्दिनँ, गर्न दिने छैन र कुनैपनि कालखण्डमा गरेको भ्रष्टाचारमा कडा रुपमा प्रस्तुत हुन्छु भनेर सदनमा प्रतिवद्धता जनाएको भन्दै उक्त वाक्यांस कसका लागि लक्षित गरेको भन्दै प्रश्न गरे।

विगतको ३३ वर्ष राज गर्दैगर्दा, सत्ता सञ्चालन गर्दैगर्दा भ्रष्टाचारमा चुर्लुम्म को डुबेको हो? कोप्रति लक्षित गरेर कसलाई कारबाही गर्ने भनेको भन्दै आक्रोसित भए।

प्रकाशित मिति: १६:५० बजे, मंगलबार, साउन ८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्