Kathmandu Press

जनताले सरकार छ भन्ने अनुभूति गर्न पाएनन् : चन्द्र भण्डारी

‘३४ वर्षका हाम्रो उपहार बहुदलीय व्यवस्था हो। यो व्यवस्था हाम्रो उपहार हो। तर यसै व्यवस्थामा ठूलाबढाको कुरा गर्ने तर जनताको नगर्ने परिपाटीको विकास भएको छ,’ उनले भने, ‘सरकार जनताभन्दा धेरै ठूलो र टाढा भएको अनुभुति भएको छ।’
जनताले सरकार छ भन्ने अनुभूति गर्न पाएनन् : चन्द्र भण्डारी

काठमाडौं, साउन ८ : नेपाली कांग्रेसका सांसद डा.चन्द्रकान्त भण्डारी(चन्द्र भण्डारी)ले जनताले सरकार छ भन्ने अनुभूति गर्न नपाएको दुखेसो व्यक्त गरेका छन् । उनले जनताबाट सरकार धेरै टाढा रहेको उल्लेख गरे।

मंगलबार प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै उनले ३४ वर्षकोे उपहार बहुदलीय व्यस्था रहेको भन्दै सरकार जनताको नजिक रहन आवश्यक रहेको बताए।

Hardik ivf

‘३४ वर्षका हाम्रो उपहार बहुदलीय व्यवस्था हो। यो व्यवस्था हाम्रो उपहार हो। तर यसै व्यवस्थामा ठूलाबढाको कुरा गर्ने तर जनताको नगर्ने परिपाटीको विकास भएको छ,’ उनले भने, ‘सरकार जनताभन्दा धेरै ठूलो र टाढा भएको अनुभुति भएको छ।’

सत्ता परिवर्तनका सन्दर्भमा नेपाल ‘ओलम्पिक गेम’मा पहिलो भएको र क्षमताविहीन युवा निर्माणमा अन्तिमबाट दोस्रो स्थानमा रहेको भन्दै व्यङ्ग्य गरे।

समाजमा केही हुँदैन र केही भएन भन्ने अविश्वास पैदा भएको भन्दै उनले सरकारले त्यसलाई आशामा परिणत गर्नुपर्ने बताए  

‘नेपालमा नयाँ सरकार बनेको छ। नयाँ प्रधानमन्त्री,मन्त्रीमण्डल बनेको छ। हामी विश्वमा सत्ता परिवर्तनको ओलम्पिक गेममा पहिला छौं। क्षमताविहीन युवा निर्माणमा अन्तिमबाट दोस्रो छौं,’ उलने भने, ‘त्यतिमात्रै होइन, नेपालमा जन्मिने बच्चाहरु २५ प्रतिशत बच्चाहरु पुड्का र च्याखुरा बच्चा जन्मिन्छन्। यो उपहार विगतबाट प्राप्त गरेका छौं । चुनौतीलाई सरकारले सामना गर्नुपर्ने छ।’

हाम्रो समाजको आशा हराएको र विश्वास टुटेको बताए। उनले होइन, केही हुँदैन र केही भएन भन्ने न्यारेटिभ स्थापित गरिएको बताउँदै सरकारले त्यसलाई चिर्नुपर्ने बताए।

प्रकाशित मिति: १५:३७ बजे, मंगलबार, साउन ८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्