Kathmandu Press

मिडियालाई मर्यादित बनाउन आवश्यक छ : मन्त्री गुरुङ

‘मिडिया काउन्सिल विधेयक ल्याउँदा प्रयाप्त छलफल हुनुपर्दछ। प्रेसलाई स्वतन्त्र र मर्यादित बनाउनका लागि गहन छलफल गर्न आवश्यक छ,’ उनले भने, ‘प्रेस स्वतन्त्र मात्र भयो तर मर्यादित भएन भने समाजमा ठुलो नकारात्मक असर पर्न सक्छ । प्रेस स्वतन्त्र पनि हुनुपर्यो, मर्यादित पनि हुनुपर्यो।’
मिडियालाई मर्यादित बनाउन आवश्यक छ : मन्त्री गुरुङ

काठमाडौं, साउन ८ : सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रेसलाई स्वतन्त्र र मर्यादित बनाउनका लागि मिडिया काउन्सिल विधेयक, २०८० माथि गहन छलफल हुनुपर्ने बताएका छन्।

मंगलबार सिंहदरबारमा बसेको विधायन व्यवस्थापन समितिको बैठकमा मन्त्री गुरुङले मिडिया मर्यादित नभए समाजमा नकारात्मक प्रभाव पार्ने बताए।

Hardik ivf

‘मिडिया काउन्सिल विधेयक ल्याउँदा प्रयाप्त छलफल हुनुपर्दछ। प्रेसलाई स्वतन्त्र र मर्यादित बनाउनका लागि गहन छलफल गर्न आवश्यक छ,’ उनले भने, ‘प्रेस स्वतन्त्र मात्र भयो तर मर्यादित भएन भने समाजमा ठुलो नकारात्मक असर पर्न सक्छ । प्रेस स्वतन्त्र पनि हुनुपर्यो, मर्यादित पनि हुनुपर्यो।’

उनले विधेयकलाई समयमा नै टुंग्याउनुपर्ने भन्दै तीव्र रुपमा छलफल अगाडि बढाउन पनि आग्रह गरेका छन्।

बैठकमा प्रेस स्वतन्त्रता कायम गरी काउन्सिललाई नियामक निकायको रुपमा राख्नु पर्ने सांसदहरुको जोड थियो।

‘मिडिया काउन्सिल विधेयकले प्रेस स्वतन्त्रमाथि प्रहार गरेको भन्ने समितिमा आउने अधिकांश अथितिहरुले कुरा उठाउनुभएको छ । संविधानले व्यवस्था गरेअनुसार विधेयक आएको छ कि छैन? यसका विषयमा कसरी छलफल गरेर अघि बढ्ने यस विषयमा गम्भिर भएर छलफल गरौं,’ सांसद कृष्णप्रसाद भट्टराईले भने।

प्रकाशित मिति: १५:२७ बजे, मंगलबार, साउन ८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्