कोरोनाबारे छलफल गर्न देउवा निवासमा कांग्रेस पदाधिकारी बैठक जारी
काठमाडौं, चैत २५ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारीको बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा जारी छ।
....

काठमाडौं, चैत २५ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारीको बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा जारी छ।
कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा उपचारका लागि मुलुकभर लकडाउन लागू भएपछि कांग्रेस पदाधिकारी बैठक बसेको हो। बैठकमा कोरोना भाइरस सङ्क्रमणको रोकथाम तथा उपचारमा सरकारका तर्फबाट भएका काम–कारवाही र पार्टीका तर्फबाट गर्न सकिने योगदानलगायत समसामयिक विषयमा छलफल भइरहेको छ।
कांग्रेसको पदाधिकारीमा सभापति देउवा, उपससभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्रीद्वय डा।शशाङ्क कोइराला र पूर्णबहादुर खड्का, सहमहामन्त्री डा.प्रकाशशरण महत र कोषाध्यक्ष सीतादेवी यादवको सहभागिता रहेको छ। त्यस्तै, वरिष्ठ नेता रामचन्द्र पौडेल विशेष आमन्त्रितका रुपमा रहेका छन्।











