Kathmandu Press

६ उद्योगको लाइन जोड्ने विद्युत् प्राधिकरणको निर्णय

तीन महिनाभित्र उद्योगीहरूले बक्यौता महसुल भुक्तानी नगरेमा पुनः नियम अनुसार बक्यौता रकम असुली गर्ने सर्तमा प्राधिकरणले ती उद्योगहरूको बिजुली जोड्ने निर्णय गरेको हो।
६ उद्योगको लाइन जोड्ने विद्युत् प्राधिकरणको निर्णय

काठमाडौं, साउन ८ : डेडिकेटेड र ट्रंक लाइन विवादमा ६ वटा उद्योगमा काटिएको बिजुली नेपाल विद्युत् प्राधिकरणले जोड्ने निर्णय गरेको छ।

मंगलबार बसेको विद्युत् प्राधिकरणको बोर्ड बैठकले ६ उद्योगको बिजुली जोड्ने निर्णय गरेको हो।

तीन महिनाभित्र उद्योगीहरूले बक्यौता महसुल भुक्तानी नगरेमा पुनः नियम अनुसार बक्यौता रकम असुली गर्ने सर्तमा प्राधिकरणले ती उद्योगहरूको बिजुली जोड्ने निर्णय गरेको हो।

बिजुली महसुल विवादमा प्राधिकरणले २५ असारदेखि ती उद्योगको लाइन काटेको थियो।

प्रकाशित मिति: १५:१६ बजे, मंगलबार, साउन ८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्