Kathmandu Press

सरकार समस्याको समाधान ठाडो आदेशबाट खोज्दैछ : सांसद बस्नेत

‘कुरा सुशासन र विधिको गर्ने,नियमको गर्ने तर समाधान ठाडो आदेशमा खोज्ने सरकार गलत बाटो हिँड्दैछ,’ उनले भने।
सरकार समस्याको समाधान ठाडो आदेशबाट खोज्दैछ : सांसद बस्नेत

काठमाडौं, साउन ८ : माओवादी केन्द्रका सांसद शक्ति बहादुर बस्नेतले वर्तमान सरकार ठाडो आदेश दिँदै गलत कर्मको बाटोमा हिडेको बताएका छन्।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा शुन्य समयमा बोल्दै उनले सरकारले कुरा सुशासन, विधि र नियमको गर्ने तर समाधान ठाडो आदेशमा खोज्ने गलत बाटोमा हिडेको बताएका हुन्।

Hardik ivf

‘कुरा सुशासन र विधिको गर्ने,नियमको गर्ने तर समाधान ठाडो आदेशमा खोज्ने सरकार गलत बाटो हिँड्दैछ,’ उनले भने।

उनले अमूख उद्योगमा काटिएको विद्युत लाइन जोड्ने विषयलाई सरकारले आफ्नो प्रतिष्ठा र मुख्य प्राथमिकताको विषय बनाइरहेको भन्दै आपत्ति जनाए। विवाद विद्युत काट्ने वा जोड्ने कुराको मात्र नभएर महशुल अशुल गर्ने कि नगर्ने विषयमा केन्द्रीत रहेको उनको भनाई छ।

‘अमुख उद्योगमा काटिएको विद्युत लाइन जोड्ने विषयलाई सरकारले आफ्नो प्रतिष्ठा र मुख्य प्राथमिकताको विषय बनाइरहेको छ, आश्चर्य लागिरहेको छ । स्पष्ट छ, यो विवाद विद्युत काट्ने वा जोड्ने कुराको मात्र होइन्, महशुल अशुल गर्ने कि नगर्ने विषयमा केन्द्रीत छ,’ उनले भने।

 

प्रकाशित मिति: १५:०८ बजे, मंगलबार, साउन ८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्