Kathmandu Press

मन्त्रिमण्डलमा महिला समावेशिता नभएको भन्दै सांसद थिङले उठाइन् प्रश्न

सांसद थिङले भनिन्, ‘कहिल्यै पनि ३३ प्रतिशत महिला क्याबिनेटमा देख्न नपाइने भो सायद पुरुषहरू नै प्रमुखमा भएर होला महिलाहरू मन्त्रीमा सिफारिस नै हुँदैन। म कानुनमा स्नातक गरेकी छु, सोसोलोजीमा स्नातकोत्तर गरेकी छु तर म कहिल्यै मन्त्री बन्न योग्य भइनँ। मेरो उदाहरण प्रतिनिधि पात्र मात्र हो।
मन्त्रिमण्डलमा महिला समावेशिता नभएको भन्दै सांसद थिङले उठाइन् प्रश्न

काठमाडौं, साउन ८ : प्रतिनिधिसभा सदस्य सुशिला थिङले मन्त्रिमण्डलमा संविधानअनुसार ३३ महिला मन्त्री नभएको भन्दै प्रश्न उठाएकी छन्।

उनले संवैधानिक व्यवस्था लागू नभएको भन्दै महिलाहरु सधैं समानुपातिक कोटामा मात्र दर्ज हुनुपरेको गुनासो समेत गरिन्। थिङले संविधान अनुसार ३३ प्रतिशत महिला मन्त्री हुने  व्यवस्था कहिलेदेखि लागू हुने हो ? भन्दै प्रश्न उठाइन्।

Hardik ivf

सांसद थिङले भनिन्, ‘कहिल्यै पनि ३३ प्रतिशत महिला क्याबिनेटमा देख्न नपाइने भो सायद पुरुषहरू नै प्रमुखमा भएर होला महिलाहरू मन्त्रीमा सिफारिस नै हुँदैन। म कानुनमा स्नातक गरेकी छु, सोसोलोजीमा स्नातकोत्तर गरेकी छु तर म कहिल्यै मन्त्री बन्न योग्य भइनँ। मेरो उदाहरण प्रतिनिधि पात्र मात्र हो।

उनले महिलालाई कहिले समान बनाउने हो? भन्दै प्रश्न समेत गरिन्। संविधानमाथि प्रश्न उठेको बताउँदै संविधानको व्यवस्था लागू गर्न माग पनि गरिन ।

प्रकाशित मिति: १४:५७ बजे, मंगलबार, साउन ८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्