Kathmandu Press

बागमती प्रदेश मन्त्रालय बाँडफाँट, कांग्रेसलाई सात र एमालेलाई ६ मन्त्रालय

कांग्रेसले आर्थिक मामिला तथा योजना, आन्तरिक मामिला तथा कानुन, सामाजिक विकास, संस्कृति पर्यटन तथा सहकारी , श्रम रोजगार तथा यातायात र युवा तथा खेलकुद मन्त्रालय लिने सहमति भएको नेपाली कांग्रेस संसदीय दलका सचेतक गोविन्दप्रसाद लम्सालले जानकारी दिए।
बागमती प्रदेश मन्त्रालय बाँडफाँट, कांग्रेसलाई सात र एमालेलाई ६ मन्त्रालय

मकवानपुर, साउन ८ : बागमती सरकारमा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी एमालेबीच मन्त्रालय बाँडफाँट भएको छ।

दुई दलबीचको समहमति अनुसार कांग्रेसले ७ र एमालेले ६ मन्त्रालय पाउने छन्।
 
कांग्रेसले आर्थिक मामिला तथा योजना मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सामाजिक विकास मन्त्रालय, संस्कृति पर्यटन तथा सहकारी मन्त्रालय, श्रम रोजगार तथा यातायात मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय लिने सहमति भएको नेपाली कांग्रेस संसदीय दलका सचेतक गोविन्दप्रसाद लम्सालले जानकारी दिए।

यस्तै, नेकपा एमालेले भौतिक पूर्वाधार मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य मन्त्रालय, उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय लिने सहमति भएको उनले बताए।

बागमतीमा कांग्रेसका बहादुरसिंह तामाङकाे नेतृत्वमा सरकार बन्दैछ। उनले एमालेकाे समर्थनमा दाबी पेश गरिसकेका छन्।

प्रकाशित मिति: १४:३० बजे, मंगलबार, साउन ८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्