कांग्रेस पदाधिकारी बैठक सुरु, कोरोनाबारे छलफल
काठमाडौं, चैत २५ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारीको बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा सुरु भएको छ।
....

काठमाडौं, चैत २५ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारीको बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा सुरु भएको छ।
बैठकमा कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा उपचारका विषयमा छलफल भइरहेको जनाएको छ। त्यस्तै, मुलुकभर लकडाउन र कोरोना भाइरस सङ्क्रमणको रोकथाम तथा उपचारमा सरकारका तर्फबाट भएका काम–कारबाही र पार्टीका तर्फबाट गर्न सकिने योगदानलगायत समसामयिक विषयमा छलफल चलिरहेको जनाएको छ।
बैठकमा सभापति देउवा, उपससभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्रीद्वय डा.शशाङ्क कोइराला र पूर्णबहादुर खड्का, सहमहामन्त्री डा.प्रकाशशरण महत र कोषाध्यक्ष सीतादेवी यादव तथा वरिष्ठ नेता रामचन्द्र पौडेल सहभागी छन्।











