सातामा दोब्बर हुँदै कोरोना बिरामी, संसारभर साढे १३ लाख
काठमाडौं, चैत २५ : कोरोना भाइरसको संक्रमण अझ कम हुनसकेको छैन। हरेक साता बिरामीको संख्या दोब्बर हुन थालेको छ। झन्डै साढे १३ लाखमा कोरोना देखिएको छ।
....
काठमाडौं, चैत २५ : कोरोना भाइरसको संक्रमण अझ कम हुनसकेको छैन। हरेक साता बिरामीको संख्या दोब्बर हुन थालेको छ। झन्डै साढे १३ लाखमा कोरोना देखिएको छ।
मंगलबार बिहानसम्म दुई सय नौ देश तथा स्वशासित क्षेत्रका १३ लाख ४७ हजार दुई सय ३५ जना कोरोनाबाट बिरामी परेका छन्। त्यसमध्ये ७४ हजार सात सय ६७ जनाले ज्यान गुमाएका छन्। अझै ४७ हजार तीन सय ४३ जना गम्भीर रहेका छन्।
अहिलेसम्म दुई लाख ८६ हजार दुई सय ३४ जना निको भएर घर फर्केका छन्। अझै नौ लाख ८६ हजार दुई सय ३४ जनाको उपचार भइरहेको छ।
अहिलेसम्म सबैभन्दा बढी अमेरिकामा तीन लाख ६७ हजार तीन सय ६७ जनामा कोरोना देखिएको छ। त्यसमध्ये १० हजार नौ सय ४१ जनाको मृत्यु भएको छ। अझै आठ हजार नौ सय ८३ जना गम्भीर रहेका छन्। मंगलबारसम्म १९ हजार आठ सय १० जना निको भएका छन्।
अमेरिकासहित स्पेन, इटाली, जर्मनी र फ्रान्समा चीनभन्दा बढी संक्रमित भएका छन्। स्पेनमा एक लाख ३६ हजार ६ सय ७५ जनाका कोरोना देखिएको छ भने १३ हजार तीन सय ४१ जनाको मृत्यु भएको छ।
त्यस्तै, इटालीमा एक लाख ३२ हजार पाँच सय ४७ जना बिरामी भएका छन भने १६ हजार पाँच सय २३ जनाले ज्यान गुमाएका छन्। अझै तीन हजार आठ सय ९८ जना गम्भीर रहेका छन्।
चौथो नम्बरमा रहेको जर्मनीमा भने राम्रो उपचार भइरहेको छ। एक लाख तीन हजार तीन सय ७५ जना बिरामी भएका छन भने एक हजार आठ सय १० जनाको मात्रै ज्यान गएको छ। ३६ हजार ८१ जना निको भएका छन्।
फ्रान्समा भने पछिल्लो समय संक्रमण बढ्दै गएको छ। ९८ हजार १० जना बिरामी भएका छन भने आठ हजार नौ सय ११ जनाले ज्यान गुमाएका छन्।
चीनमा भने कोरोना नियन्त्रणमा आएको छ। अहिलेसम्म बिरामी भएका ८१ हजार सात सय ४० जनामध्ये तीन हजार तीन सय ३१ जनाले ज्यान गुमाएका छन्। अब दुई सय ११ जनामात्रै गम्भीर अवस्थामा छन भने एक हजार दुई सय ४२ जना मात्रै उपचाररत छन्। बिरामी भएका ७७ हजार एक सय ६७ जना निको भएर घर फर्किसकेका छन्।
छिमेकी देश भारतमा भने संक्रमण बढ्दै गएको छ। गत २४ घन्टामा सात बिरामी थपिएका छन्। मंगलबार बिहानसम्म चार हजार सात सय ७८ जना बिरामी भएका छन भने एक सय ३६ जनाको मृत्यु भएको छ। अझै तीन सय २७ जना गम्भीर रहेका छन्
नेपालमा भने संक्रमण बढेको देखिएको छैन। अहिलेसम्म नौ जनामा मात्रै संक्रमण देखिएको छ। जसमा एक जना निको भएका छन भने आठ जनाको उपचार भइरहेको छ। अहिलेसम्म एक हजार आठ सय नौ जनाको परीक्षण गरिएको छ भने एक सय सात जनालाई आइसोलेसनमा राखिएको छ।
संक्रमण फैलन नदिने लकडाउनको अवधि बढाएको छ। सोमबारको मन्त्रिपरिषद् बैठकले वैशाख ३ गतेसम्म लकडाउन लम्ब्याएको छ।











