Kathmandu Press

फिल्म ‘यो मन त मेरो नेपाली हो’ काे नयाँ गीत सार्वजनिक

गीतमा मुख्य कलाकार रोशन श्रेष्ठ र आयुशा समालसँगै खुशी कार्की, नारायण प्रधान, नरेशवीर सिंह फिचर्ड छन्।
फिल्म ‘यो मन त मेरो नेपाली हो’ काे नयाँ गीत सार्वजनिक

काठमाडौं, साउन ७ : नेपाली फिल्म ‘यो मन त मेरो नेपाली हो’ को ‘आँखै रसिलो’ बोलको गीत सार्वजनिक भएको छ।

सोमबार एक कार्यक्रमकाबीच दीपक शर्माको शब्द तथा संगीत रहेको गीत ‘आँखै रसिलो’ को म्युजिक भिडियो सार्वजनिक गरिएको हो।

अस्मिता अधिकारी र सविन सुवेदीले स्वर दिएको गीतमा कविराज गहतराजले नृत्य निर्देशन गरेका छन्।

गीतमा मुख्य कलाकार रोशन श्रेष्ठ र आयुशा समालसँगै खुशी कार्की, नारायण प्रधान, नरेशवीर सिंह फिचर्ड छन्।

मित्र प्रधानले निर्देशन गरेको फिल्ममा रोशन श्रेष्ठ, विल्सनविक्रम राई, बुद्धि तामाङ, विजय बराल, आयुशा समाल, नारायण खाती, भुपेन्द्र लिङ्देनलगायतको अभिनय छ।

प्रकाशित मिति: १८:४१ बजे, सोमबार, साउन ७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्