कोरोना संक्रमणबाट युएईमा एक नेपाली महिलाको मृत्यु
काठमाडौं, चैत्र २५ : यूएईमा (संयुक्त अरब इमिरेट्स) कोरोना भाइरसको संक्रमणबाट एक नेपाली महिलाको निधन भएको छ ।
९ बर्षदेखि दुबईमा कार्यरत रुपन्....

काठमाडौं, चैत्र २५ : यूएईमा (संयुक्त अरब इमिरेट्स) कोरोना भाइरसको संक्रमणबाट एक नेपाली महिलाको निधन भएको छ ।
९ बर्षदेखि दुबईमा कार्यरत रुपन्देही देबदहकी ४० बर्षीया ती महिलाको सोमबार दुबईस्थित अल रफ्फा प्रहरी चौकीले उनको मृत्यु कारणसहितको रिपोर्ट दिएको छ । उक्त रिपोर्टमा मृत्युको कारण कोरोना भाइरस भएको उल्लेख गरिएका मृतकका आफन्तले जनाएका छन् ।
उनका श्रीमान पनि एक महिनादेखि भिजिट भिसामा युएईमा नै रहेको बुझिएको छ । युएईमा कोरोना भाइरसबाट अहिलेसम्म ११ नेपाली संक्रमित भएका छन् । त्यसमध्ये २ जना भने निको भइसकेका छन् ।
प्रकाशित मिति: ०८:४६ बजे, मंगलबार, चैत २५, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











