Kathmandu Press

संवादको लागि पाकिस्तानी प्रधानमन्त्तीको भारतलाई आग्रह 

काठमाडौं, फागुन १५ : पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारत पाकिस्तानको बढ्दै गएको द्वन्द्व आपसी संवादबाट सुल्झाउन भारतलाई अनुरोध गरेका छन् । ....

संवादको लागि पाकिस्तानी प्रधानमन्त्तीको भारतलाई आग्रह 

काठमाडौं, फागुन १५ : पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारत पाकिस्तानको बढ्दै गएको द्वन्द्व आपसी संवादबाट सुल्झाउन भारतलाई अनुरोध गरेका छन् । 

ठुलै स्तरको लडाईं शुरु भएको खण्डमा त्यो कति समय लम्बिन्छ र त्यसले कस्तो मोड लिन्छ निश्चित नभएकाले संवाद नै सबैभन्दा उचित विकल्प भएको उनको भनाइ थियो । पाकिस्तानको राजधानी इस्लामावादमा आज आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो विचार व्यक्त गरेका हुन् । 

पुलवामा भारतीय सुरक्षाफौजमाथि भएको आक्रमणका कारण धेरै परिवार शोकमा डुबेको र उनीहरुलाई असर परेको आफूले बुझ्न सक्ने भन्दै काश्मिरमा अहिलेसम्म ७० हजार जति  मानिसले ज्यान गुमाएको पनि सम्झनुपर्ने उनले बताएका छन् । भारत लगायत अन्य मुलुकमा आक्रमण गर्नेहरुले पाकिस्तानी भूमि प्रयोग गरेको प्रमाण भए दिन पनि उनले चुनौती दिएका छन् । भारतमात्र नभई अन्य मुलुकको विरुद्ध पनि पाकिस्तानी भूमि प्रयोग हुन नदिन आफू प्रतिबद्ध रहेको उनले जनाएका छन् । त्यस्ता तत्वहरुका विरुद्धका कडा कदम चाल्न पनि आफू तयार रहेको उनले बताएका छन् । 

भारतमा चुनाव आइरहेकाले पनि पाकिस्तानमाथि आक्रमण हुने आफूले अनुमान गरेको भन्दै उनले सार्वभौम र स्वतन्त्र राष्ट्रमाथि हुने आक्रमण सहन भने नसकिने भारतीयहरुलाई आफूले बताएको पनि उनले पत्रकार सम्मेलनमा बताए । यदि पाकिस्तानमाथि आक्रमण भएमा जवाफी कारवाही गर्न आफू बाध्य हुने जानकारी भारतीय पक्षलाई दिएको जानकारी पनि उनले उक्त पत्रकार सम्मेलनमा दिए । 
 

प्रकाशित मिति: १९:०९ बजे, बुधबार, फागुन १५, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्