कपिलवस्तुमा कोरोनाको आशंकामा अस्पतालको आइसोलेसनमा राखिएको एकजनाको निधन
काठमाडौं, चैत्र २५ : कोरोनाको आशंकामा कपिलवस्तु अस्पतालको आइसोलेशनमा उपचारत एक बिरामीको मृत्यु भएको छ ।
गत शुक्रबारदेखी अस्पतालको आइसोलेसनमा....

काठमाडौं, चैत्र २५ : कोरोनाको आशंकामा कपिलवस्तु अस्पतालको आइसोलेशनमा उपचारत एक बिरामीको मृत्यु भएको छ ।
गत शुक्रबारदेखी अस्पतालको आइसोलेसनमा राखिएका कपिलवस्तु विजयनगर गाउँपालिका– २ जलैयाका ३० वर्षीय गोबद्र्धन भरको सोमबार साँझ मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।
फोक्सो र मुटुले काम गर्न छाडेपछि भरको मृत्यु भएको उनको मृत्यु भएको हो । उनको स्वाब परीक्षणका लागि बुटवलमा ल्याइए पनि रिपोर्ट भने आइसकेको छैन् ।
रिपार्ट आएपछि मात्र शवलाई परिवारको जिम्मा लगाइने बुझिएको छ ।
प्रकाशित मिति: ०७:४२ बजे, मंगलबार, चैत २५, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











