Kathmandu Press

बंगलादेशमा आन्दाेलन हिंसात्मक बन्दै, ३५ जनाको मृत्यु, देशैभर कर्फ्यू

आरक्षणविरोधी आन्दोलन भड्किएर हिंसात्मक बन्दा ३५ पुगेको छ। आन्दोलन हिंसात्मक बन्दै गएपछि बंगलादेश सरकारले देशैभर कर्फ्यु लगाएको छ।
बंगलादेशमा आन्दाेलन हिंसात्मक बन्दै, ३५ जनाको मृत्यु, देशैभर कर्फ्यू

ढाका, साउन ५ : बंगलादेशमा जारी विद्यार्थीको आन्दोलन हिंसात्मक बनेको छ। आरक्षणविरोधी आन्दोलन भड्किएर हिंसात्मक बन्दा ३५ पुगेको छ।

आन्दोलन हिंसात्मक बन्दै गएपछि बंगलादेश सरकारले देशैभर कर्फ्यु लगाएको छ।

Hardik ivf

बुधबार प्रधानमन्त्री हसिनाले राष्ट्रका नाममा सम्बोधन गरेपछि विद्यार्थीको आन्दोलन भड्किएको छ। उनले आन्दोलनमा उत्रिएका विद्यार्थीलाई धैर्य रहन आग्रह गरेकी थिइन् । उनले अदालती प्रक्रियाबाट सबैले न्याय पाउने बताएकी थिइन्।

बंगलादेशको स्वतन्त्रता आन्दोलनमा सक्रिय व्यक्तिका छोराछोरीलाई सरकारी जागिरमा दिइएको आरक्षणको विरोधमा सुरु भएको आन्दोलनले हिंसात्मक रूप लिएको हो । ‘मुक्ति बाहिनी’ को स्वतन्त्रता संग्रामपछि बंगलादेश सन् १९७१ मा पाकिस्तानबाट अलग भएको थियो । उक्त आरक्षण प्रणालीविरुद्ध केही दिनदेखि विश्वविद्यालयका विद्यार्थीहरूले ठाउँठाउँमा र्‍याली गर्दै आएका थिए ।

आरक्षणको विरोधमा उत्रिएका विद्यार्थीको प्रहरी र सत्तारूढ अवामी लिगको भ्रातृ संगठन बंगलादेश छात्र लिग (बीसीएल) बीच देशका विभिन्न ठाउँमा हिंसात्मक झडप भएका छन्। छात्र लिग सरकारको योजनाको पक्षमा छ भने अन्य विद्यार्थी आरक्षणले विशेष व्यक्तिलाई मात्र लाभ पुग्ने भन्दै विरोधमा उत्रिएका हुन्।

 

प्रकाशित मिति: ११:१० बजे, शनिबार, साउन ५, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्