अर्थमन्त्रीलाई चेम्बरले बुझायो ४० बुदे सुझाव
आर्थिक गतिविधीमा आएको संकुचनले माग र आपूर्तिबीच असन्तुलन, निजी क्षेत्रको सम्पत्तिमा संकुचन एवं बैंक तथा वित्तीय संस्थामा तरलता भएपनि निजी क्षेत्रमा लगानीप्रति आर्कषण नभएकोप्रति चेम्बर अध्यक्ष अग्रवालले अर्थमन्त्री पौडेलको ध्यानाकर्षण गराए।काठमाडौं, साउन ४ : नेपाल चेम्बर अफ कमर्सले नवनियुक्त उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलसंग अर्थमन्त्रालयमा शुक्रबार भेटवार्ता गरेको छ।
नीतिगत स्थायित्व र अर्थतन्त्रलाई चलायमान बनाउन ४० बु“दे सुझावसहित चेम्बर कार्यसमितिले नवनियुक्त अर्थमन्त्री पौडेलसमक्ष सिंहदरवारमा भेटवार्ता गरेको हो।
अध्यक्ष कमलेश कुमार अग्रवाल सहितको चेम्बर केन्द्रीय कार्यसमितिले नवनियुक्त अर्थमन्त्री पौडेललाई बधाई एवं सफल कार्यकालको शुभकामना समेत दिएको छ।
आर्थिक गतिविधीमा आएको संकुचनले माग र आपूर्तिबीच असन्तुलन, निजी क्षेत्रको सम्पत्तिमा संकुचन एवं बैंक तथा वित्तीय संस्थामा तरलता भएपनि निजी क्षेत्रमा लगानीप्रति आर्कषण नभएकोप्रति चेम्बर अध्यक्ष अग्रवालले अर्थमन्त्री पौडेलको ध्यानाकर्षण गराए।
‘अर्थतन्त्र शिथिलताबाटै गुज्रिरहेको छ। आर्थिक र वित्तीय क्षेत्रको निकासका लागि नीतिगत स्थायित्व र सरकारी संरक्षणको आवश्यक्ता छ,’ अध्यक्ष अग्रवालले भने।
कालो सूचीमा पर्न लागेका उद्यमी व्यवसायीहरुलाई उद्योग व्यवसायको प्रकृति हेरेर आवश्यक्ता अनुसार बैंक तथा वित्तीय संस्थासंगको आपसी विश्लेषणबाट केही समयका लागि कर्जाको पुर्नतालिकीकरण गर्न समेत चेम्बरले सरकारको ध्यानाकर्षण गराएको छ।