नेपाल प्रेस काउन्सिलले काठमाडौं प्रेस डटकमको समाचार डिलेट गर्नु स्वत...." />नेपाल प्रेस काउन्सिलले काठमाडौं प्रेस डटकमको समाचार डिलेट गर्नु स्वत...." />नेपाल प्रेस काउन्सिलले काठमाडौं प्रेस डटकमको समाचार डिलेट गर्नु स्वत....">
Kathmandu Press

काठमाडौं प्रेसको समाचार डिलिट गर्ने दोषीमाथि कारवाही गर : प्रेस काउन्सिल

काठमाडौं, चैत २४ :नेपाल प्रेस काउन्सिलले काठमाडौं प्रेस डटकमको समाचार डिलेट गर्नु स्वत....

काठमाडौं प्रेसको समाचार डिलिट गर्ने दोषीमाथि कारवाही गर : प्रेस काउन्सिल

काठमाडौं, चैत २४ :नेपाल प्रेस काउन्सिलले काठमाडौं प्रेस डटकमको समाचार डिलेट गर्नु स्वतन्त्र प्रेसको मूल मर्म र भावना विपरीत भएको ठहर गर्दै दोषीमाथि कारवाही गर्न माग गरेको छ । 

आइतबार बसेको काउन्सिलको बैठकले अनलाईन संचारमाध्यममा प्रवेशगरी कन्टेन्ट हटाइए उपर काउन्सिलको ध्यानाकर्षण भएको उल्लेख गर्दै सत्यतथ्य छानबिन गरी दोषीमाथि कारवाही र आइन्दा यस प्रवृत्तिका प्रेस स्वतन्त्रताविरोधी हस्तक्षेप कहीँकतैबाट हुन नदिन व्यवस्था मिलाउन पनि आग्रह गरेको छ। 

'नेपालको संविधान एवं प्रेससम्बन्धी अन्य कानूनमा समेत प्रेस स्वतन्त्रताको निर्वाध प्रयोगको सुनिश्चितता भएको पृष्ठभूमिमा हालै काठमाडौँ प्रेस अनलाइन न्यूज पोर्टलको निर्माणकर्ता/सेवा प्रदायकबाट नै अनलाइन सञ्चारमाध्यममा प्रवेश गरी कन्टेन्ट समेत हटाइएउपर काउन्सिलको ध्यानाकर्षण हुनुका साथै उक्त कार्य स्वतन्त्र प्रेसको मूल मर्म र भावना विपरीत भएको हुँदा सोकोे सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही र आइन्दा यस प्रवृत्तिका प्रेस स्वतन्त्रताविरोधी हस्तक्षेप कहीँकतैबाट हुन नदिने व्यवस्था मिलाउन सम्बन्धित सबैमा आग्रह गर्ने निर्णय भयो,' काउन्सिलको निर्णयमा भनिएको छ। 

गत मंगलबार कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि चीनबाट खरिद गरिएको मेडिकल सामाग्रीमा महँगो मुल्यमा खरिद गरेर र उक्त खरिदमा उपप्रधानमन्त्री ईश्वर पोखरेलको छोरा स्वराज र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालका छोरा क्षितिजले पनि सघाएको समाचार प्रकाशित भएको थियो। काठमाडौं प्रेसले उठाएको उक्त विषय गलत भएको ठहर गर्दै सरकारले उक्त खरिद प्रक्रियानै बदर गरेको छ । अहिले विचौलिया खडा गरेर खरिद गर्ने प्रक्रियाको अन्त्य गरेर सेनामार्फत खरिद गर्ने गरी प्रक्रिया अघि बढेको छ।


 
यसअघि नेपाल पत्रकार महासंघ, दैनिक पत्रिका, अनलाईन र टेलिभिजनका २१ जना सम्पादक, नेपाल प्रेस युनियन, नेपाल इन्जिनियर एसोसिएसनलगायत विभिन्न संघ संस्थाहरुले काठमाडौं प्रेसप्रति ऐक्यवद्धता ब्यक्त गर्दै विज्ञप्ति जारी गरेका थिए । उनीहरुले काठमाडौं प्रेसको समाचार डिलिट गर्नु प्रेस स्वतन्त्रता, साइबर सुरक्षा र डाटा सरक्षा विपरित भएको ठहर गर्दै दोषी उपर कारबाहीको माग गरेका थिए ।

प्रकाशित मिति: १९:५१ बजे, सोमबार, चैत २४, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्