Kathmandu Press

नेकपाले बोलायो सचिवालय बैठक

काठमाडौं, चैत २४ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सचिवालय बैठक बोलाएको छ। 

मंगलबार अपरान्ह ४ बजे प्रधानमन्त्रीको सरकारी निवास ब....

नेकपाले बोलायो सचिवालय बैठक
फाइल

काठमाडौं, चैत २४ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सचिवालय बैठक बोलाएको छ। 

मंगलबार अपरान्ह ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी सचिवालय बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

बैठकमा कोरोना भाइरस  र समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुने प्रवक्ता श्रेष्ठले बताए। कोरोना भाइरसको रोगथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनपछि नेकपाको पहिलो पटक सचिवालय बैठक बस्न लागेको हो।

यसअघि चीनबाट स्वास्थ्य सामग्री खरिद गर्दा अनियमितता भएका समाचारहरु बाहिर आएपछि नेकपाका वरिष्ठ नेता झलनाथ खनाल र प्रवक्ता श्रेष्ठले तत्काल सचिवालय बैठक बोलाउन माग गरेका थिए। 


 

प्रकाशित मिति: १९:२५ बजे, सोमबार, चैत २४, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्