Kathmandu Press

मुलुकले एउटा सुयोग्य नेता गुमायो : देउवा

काठमाडौं, फागुन १५ : कांग्रेस सभापति शेरबहादुर देउवाले हेलिकप्टर दुर्घटनामा निधन भएका पर्यटन मन्त्री रविन्द्र अधिकार, पर्यटन व्यवशायी आङछिरिङ शेर्पा ल....

मुलुकले एउटा सुयोग्य नेता गुमायो : देउवा

काठमाडौं, फागुन १५ : कांग्रेस सभापति शेरबहादुर देउवाले हेलिकप्टर दुर्घटनामा निधन भएका पर्यटन मन्त्री रविन्द्र अधिकार, पर्यटन व्यवशायी आङछिरिङ शेर्पा लगायत सातै जनाप्रति श्रदाञ्जली व्यक्त गरेका छन् । 

देउवाले एक विज्ञप्ति जारी गर्दै दुर्घटनामा परी निधन भएका पर्यटन मन्त्री रविन्द्र अधिकारीको निधनले एउटा सुयोग्य युवा नेता गुमाएको बताएका छन् । 

‘ताप्लेजुङमा आज भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी लगायत ७ जनाले जीवन गुमाएकोमा गहिरो दुःख लागेको छ’ देउवाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विद्यार्थी जीवनदेखि संघर्ष गरेर अघि बढेका रविन्द्र अधिकारी नेपाली राजनीतिका उदयमान युवा नेताका अलावा व्यक्तिगत रुपमा भद्र र सुयोग्य हुनुहुन्थ्यो ।’
देउवाले  यति एयरका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको निधनबाट मुलुकले एक सफल व्यवसायी गुमाएको पनि विज्ञप्तिमा उल्लेख गरेका छन् । उनले नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, निर्देशक धु्रव भोछिभोया, उपसचिव युवराज दाहाल, हेलिकोप्टर क्याप्टेन प्रभाकर के.सी. र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको निधनप्रति पनि गहिरो दुःखी व्यक्त गरेका छन् । 

देउवाले विज्ञप्तिमा दुर्घटनाको कारण पत्ता लगाउन सरकारलाई तत्कालै गहिरो अध्ययन अनुसन्धानको प्रक्रिया अघि बढाउन पनि आग्रह गरेका छन् । 
 

प्रकाशित मिति: १८:५० बजे, बुधबार, फागुन १५, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्