Kathmandu Press

मधेशमा कांग्रेसका ४ र लोसपाका १ मन्त्रीले लिए शपथ

बिहीबार साँझ नेपाली कांग्रेसबाट मन्त्री बनेका ४ र लोकतान्त्रिक समाजवादी पार्टीबाट मन्त्री बनेका १ जनाले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीबाट पद तथा गोपनियताको शपथ लिए।
मधेशमा कांग्रेसका ४ र लोसपाका १ मन्त्रीले लिए शपथ

धुनषा, साउन ३ : मधेश प्रदेशका नवनियुक्त ५ मन्त्रीले शपथ लिएका छन्।

बिहीबार साँझ नेपाली कांग्रेसबाट मन्त्री बनेका ४ र लोकतान्त्रिक समाजवादी पार्टीबाट मन्त्री बनेका १ जनाले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीबाट पद तथा गोपनियताको शपथ लिए।

अर्थमन्त्री सुनिल यादव, भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री जनार्दन सिंह क्षेत्री, ऊर्जा सिँचाई तथा खानेपानीमन्त्री शेषनारायण यादव र श्रम तथा यातायातमन्त्रीमा सर्लाहीका कौशल किशोर रायले पद तथा गोपनियताको शपथ लिए।  गराएकी छिन्। उनीहरू कांग्रेसबाट मन्त्री बनेका हुन्।

यस्तै, लोसपाबाट प्रमुख सचेतक रानी शर्मा तिवारीले शिक्षा तथा संस्कृति मन्त्री बनेकी छिन्।

यसअघि शिक्षा तथा संस्कृति मन्त्री रहेका नेकपा एमालेका राजकुमार लेखीलाई गृह, सञ्चार तथा कानुन मन्त्रालयको जिम्मेवारी दिने सहमति भएको छ।

मधेशमा जनमतका सतिशकुमार सिंह नेतृत्वको सरकारमा एमाले, कांग्रेस र लोसपा सहभागी छन्।

प्रकाशित मिति: २१:१२ बजे, बिहीबार, साउन ३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्