Kathmandu Press

वर्तमान सत्ता समिकरण २०८४ सम्मै कायम रहन्छ : नेता निधि

जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता निधिले वर्तमान सरकारलाई आ–आफ्नो तर्फबाट सहयोग गर्न नेता कार्यकर्तालाई आग्रह गरे।
वर्तमान सत्ता समिकरण २०८४ सम्मै कायम रहन्छ : नेता निधि
फाइल तस्बिर।

धनुषा, साउन ३ : नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले वर्तमान सत्ता समिकरण आगामी २०८४ सालसम्म कायम रहने बताएका छन्।

जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता निधिले वर्तमान सरकारलाई आ–आफ्नो तर्फबाट सहयोग गर्न नेता कार्यकर्तालाई आग्रह गरे।

मधेश प्रदेश सरकारमा सहभागिताबारे उनले भने, ‘मन्त्रालय ठूलो कुरा होइन, मिलेर समस्या समाधान गरेर जानुपर्छ।’

विमानस्थलमा नेता निधिको साथमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसमेत थिए।

प्रकाशित मिति: १८:५६ बजे, बिहीबार, साउन ३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्