Kathmandu Press

बर्नाबेउमा एम्बाप्पेको भव्य स्वागत

‘यो संसारकै सबैभन्दा ठूलो क्लब हो। म जित्न चाहन्छु, म यस क्लबको इतिहासको हिस्सा हुन चाहन्छु,’ उनले भने, ‘मेरो अर्को सपना अब संसारकै उत्कृष्ट क्लबको स्तरमा हुनु हो। म मेरो जीवन यस क्लबलाई दिनेछु।’
बर्नाबेउमा एम्बाप्पेको भव्य स्वागत

काठमाडाैं, साउन १ : स्टार स्ट्राइकर किलियन एम्बाप्पे औपचारिक रुपमा रियल मड्रिका खेलाडी बनेका छन्। मंगलबार रियलले घरेलु मैदान बर्नाबेउमा भव्य कार्यक्रम गर्दै एम्बाप्पेलाई स्वागत गरेको छ।

एम्बाप्पेको स्वागतमा बर्नाबेउ भरिएको थियो। २५ वर्षीय एम्बाप्पे ९ नम्बरको जर्सीमा हर्षित मुद्रामा उपस्थित भएका थिए।

एम्बाप्पेले रियल संसारकै ठूलो क्लब भएको बताउँदै आफू त्यो क्लबको इतिहासको हिस्सा हुन चाहेको बताए। अब आफ्नो सपना उत्कृष्ट क्लबको स्तरमा आफूलाई पु¥याउुन भएको बताए।

Hardik ivf

‘यो संसारकै सबैभन्दा ठूलो क्लब हो। म जित्न चाहन्छु, म यस क्लबको इतिहासको हिस्सा हुन चाहन्छु,’ उनले भने, ‘मेरो अर्को सपना अब संसारकै उत्कृष्ट क्लबको स्तरमा हुनु हो। म मेरो जीवन यस क्लबलाई दिनेछु।’

दर्शकलाई सम्बोधन गर्दै एम्बाप्पेले आफूलाई यहाँ पाउनु अविश्वसनीय भएको बताउँदै सपना पुरा भएको बताए।

‘वाह, यहाँ हुन पाउनु अविश्वसनीय छ, साँच्चै अविश्वसनीय। मेरो सपना आज पुरा भयो, म खुशी छु, म साँच्चै खुशी छु। यहाँ हुन पाउँदा अविश्वसनीय महसुस भएको छ,’ उनले भने, ‘मैले धेरै वर्षहरू रियल म्याड्रिडको सपना देखेर सुतें र अब यो वास्तविकता भएको छ। म यहाँ छु, हामीले जित्यौं साथीहरू, हामीले जित्यौं।’

एम्बाप्पेले सम्बोधन गरिहँदा स्टेजमा बसिरेहकी उनी आमा रोइरहेकी थिइन्। त्यसपछि आमालाई हेर्दै उनले भने, ‘मैले मेरी आमा रोएको देखिरहेको छु, यो मेरो लागि अविश्वसनीय दिन हो। मलाई फ्लोरेन्टिनो पेरेजलाई धन्यवाद भन्न दिनुहोस्। म अध्यक्षलाई धन्यवाद दिन चाहन्छु, जसले सुरुआतदेखि नै ममाथि विश्वास राख्नुभयो, धेरै धन्यवाद।’

मेहनत गर्दै आफूलाई उर्जाशील बनाए तपाईंले जे चाहनुहुन्छ त्यो प्राप्त गर्न सकिने उनले बताए। ‘मेरो बालबालिकाका लागि एउटा सन्देश छ– म यहाँ स्टेडियममा धेरै बालबालिका देख्छु। म पनि तपाईं जस्तै एक बालक थिएँ। जोस र सपनाहरूले तपाई जे चाहनुहुन्छ त्यो प्राप्त गर्न सक्नुहुन्छ।’

धेरै वर्षदेखि आफूले आजको दिनको सपना देखेको बताउँदै उनले एम्बाप्पेले आफ्नो सपना पुरा भएकाले आज आफू सबैभनदा खुशी बालक भएको बताए। उनले हाँस्दै अगाडि भने, ‘
म अरु बोल्दिनँ किनभने म रोनेछु।’

त्यसपछि उनले ‘हाला म्याड्रिड!’ भन्दै जर्सीमा अंकति रियल मड्रिडको लोगो चुम्दै आफ्ना भनाई अन्त्य गरे।

प्रकाशित मिति: १९:०३ बजे, मंगलबार, साउन १, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्