Kathmandu Press

‘जुनसुकै बेला प्राकृतिक विपद् आउन सक्छ सावधान अपनाउनुहोला’

उनले आर्थिक कारणले मात्र गरेर काम रोकिन नहुने भन्दै आर्थिक व्यवस्थापनको कुरामा गम्भिर भएर अर्थमन्त्री र प्रधानमन्त्रीसँग पनि छलफल गर्ने बताए।
‘जुनसुकै बेला प्राकृतिक विपद् आउन सक्छ सावधान अपनाउनुहोला’

काठमाडौं, साउन १ : गृहमन्त्री रमेश लेखकले अन्य स्थानको खर्च कटौती गरेर भएपनि नागरिकको जीवन बचाउनुपर्ने बताएका छन्।

आज राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आयोजना गरेको स्वागत कार्यक्रममा उनले आर्थिक कारणले मात्र गरेर काम रोकिन नहुने भन्दै आर्थिक व्यवस्थापनको कुरामा गम्भिर भएर अर्थमन्त्री र प्रधानमन्त्रीसँग पनि छलफल गर्ने बताए।

Hardik ivf

‘जनशक्तिको अभाव र कमिको लागि यहाँबाट त्यो प्रक्रिया अगाडि बढाउनु त्यसको लागि न्यूनतम जनशक्तिको पनि पहल गर्ने छु। सतर्क भएर काम गर्नुहोला आर्थिक कारणले मात्र गरेर काम राकिँदैन्, रोकिनु पनि हुँदैन,’ उनले भने, ‘अरु स्थानबाट कटौती गरेर भएपनि सबैभन्दा पहिला नागरिकको जीवन बचाउनुपर्छ। त्यसकारण आर्थिक व्यवस्थापनको कुरामा गम्भिर अर्थमन्त्री र प्रधानमन्त्रीसँग पनि कुरा गर्नेछु।’

उनले काम गर्नको लागि स्रोत, साधनको कमि भएको भन्दै यसलाई बढाउनको लागि अर्थ मन्त्रालयले निर्णय गरेका रकम छिटोभन्दा छिटो निकासा गर्नको लागि पहल गर्ने बताए।

‘हामीले जति पनि कुरा गरिरहेका छाँै। कुरा मात्र गरेर हुँदैन् काम गर्नुपर्छ काम गर्नका लागि स्रोत, साधनको आवश्यकता हुन्छ। कुरा अन्तिममा गएर अर्थ र रकममा गएर रोकिन्छ,’ गृहमन्त्री लेखकले भने, ‘अहिले सम्म सिमित स्रोत साधनमा काम गरिरहनु भएको छ। अब यसलाई बढाउनुपर्छ र त्यसको लागि अर्थ मन्त्रालयले निर्णय गरेका कुराहरु जुन दिनुपर्ने छ, त्यो रकम छिटोभन्दा छिटो दिनका लागि पनि अर्थमन्त्रीसँग कुरा गर्छु।’

जुनसुकै बेला प्राकृतिक विपद् हुन सक्ने हुनाले मन्त्रालय र प्राधिकरणलाई उच्च सतर्कतामा काम गर्न अनुरोध गर्दै यसको लागि मन्त्रालय र प्राधिकरणको समन्वयलाई थप सुदृढिकरण गर्नुपर्ने पनि उनको भनाई छ।

प्रकाशित मिति: १८:४३ बजे, मंगलबार, साउन १, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्