Kathmandu Press

मेडिकल सामग्री खरिदका लागि टेन्डर आह्वानको तयारी

काठमाडौं, चैत २४ : सरकारले स्वास्थ्य सामग्री खरिदका लागि टेन्डर आह्वानको तयारी गरेको छ। 

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि अत्या....

मेडिकल सामग्री खरिदका लागि टेन्डर आह्वानको तयारी

काठमाडौं, चैत २४ : सरकारले स्वास्थ्य सामग्री खरिदका लागि टेन्डर आह्वानको तयारी गरेको छ। 

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक सामग्री ल्याउन सरकारले टेन्डर आह्वान गर्न लागेको हो। चीनबाट सो सामग्री ल्याउन सुरुमा सरकारले ओम्नी कम्पनीसँग सम्झौता गरेको थियो। 

तर, बजार मूल्यभन्दा सात गुणा बढीसम्म तिरेर  स्वास्थ्य सामग्री ल्याएर अनियमितता गरेको भेटिएपछि सरकारले ओम्नी समूहसँगको सम्झौता गत बुधबार रद्द गरेको थियो। सम्झौता रद्दसँगै सरकारले ओम्नीको पाँच करोड रुपैयाँ धरौटी जफत गर्दै  कालो सूचीमा पनि राख्ने निर्णय गरेको थियो।

कहिले खुल्छ टेन्डर? 

Hardik ivf

टेन्डर खुलाउने विषयमा अहिले स्वास्थ्य सेवा विभागले गृहकार्य गरिरहेको छ। विभागका आपूर्ति शाखा प्रमुख चुडामणि भण्डारीका अनुसार एक–दुई दिनभित्रमै टेन्डर खुलाउने गरी गृहकार्य भइरहेको छ। उनले कोरोना रोकथाम तथा नियन्त्रणका लागि आवश्यक सामग्री ल्याउनकै लागि टेन्डर आह्वान गर्ने तयारीमा जुटेको बताए।

उनले भने, ’एक–दुई दिनभित्रमै टेन्डर खुलाउने गरी गृहकार्य गरिरहेका छौँ। फाइनल भएपछि महानिर्देशकलाई दिन्छौँ र उहाँले नै निर्णय गर्नुहुन्छ।’ उनले कति सामग्री चाहिने र कति दिनको समय दिने भन्नबारे अहिले नै भन्न नसकिने बताए।

दूतावाससँग अनुरोध गर्दै नेपाली सेना

यस्तै, नेपाली सेनाले पनि मेडिकल सामग्री ल्याउने जिम्मा पाएसँगै काम अघि बढाएको छ।

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार जी–टु–जीमार्फत सामग्री ल्याउन पत्रसमेत पठाइसकिएको छ। उनले अन्य मुलुकका दूतावासलाई पनि पत्र पठाउने तयारी भइरहेको जानकारी दिए। सेनाले सामग्री खरिदको प्रक्रिया अगाडि बढाइसकेको उनले बताए। 

सरकारले टेन्डर आह्वान गरेर पनि अन्तिम भइसकेको टेन्डर नै रद्द गरेर रातारात रक्षामन्त्री ईश्वर पोखरेलले ओम्नीलाई दिएका थिए। त्यति मात्रै होइन वाइडबडी  जहाज नै चार्टर्ड गर्दा सरकार जवानी बसेको थियो। ४० टनको स्वास्थ्य सामग्री ल्याउने भनिएको सो कम्पनीले पहिलो लटमा १० टन सामान ल्याएको थियो। 
 

प्रकाशित मिति: १५:३२ बजे, सोमबार, चैत २४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्