शिक्षण अस्पतालमा राखियो महावीर पुनको सहयोगमा बनेको पीपीई बुथ
काठमाडौं, चैत २४ : कोरोना भाइरसको परीक्षण गर्न महावीर पुनको सहयोगमा बनेको पीपीई बुथ महाराजञ्जस्थित शिक्षण अस्पतालमा राखिएको छ। सोमबार अस्पतालको आइसोले....
काठमाडौं, चैत २४ : कोरोना भाइरसको परीक्षण गर्न महावीर पुनको सहयोगमा बनेको पीपीई बुथ महाराजञ्जस्थित शिक्षण अस्पतालमा राखिएको छ। सोमबार अस्पतालको आइसोलेसन वार्डको बाहिर बुथ राखिएको हो।
कोरानो भाइरस (कोभिड १९)का सम्भावित संक्रमितको परीक्षणमा सहजताका लागि बुथ राखिएको हो। सम्भावित संक्रमितको मुखबाट र्याल निकाल्ने क्रममा चिकित्सकलाई पनि कोरोना भाइरस सर्नबाट जोगाउन बुथको प्रयोग गरिएको अस्पतालले जनाएको छ।
बुथभित्र बसेर सम्भावित संक्रमितको र्याल निकाल्दा चिकित्कसलाई रोग सर्ने सम्भावना शून्य हुने जनाइएको छ। यसमा चिकित्सक बुथ भित्र र परीक्षण गर्नुपर्ने मान्छे बुथ बाहिर बस्नेछन्।
डा.महावीर पुनः अध्यक्ष रहेको राष्ट्रिय अनुसन्धान केन्द्रको सहयोगमा भक्तपुरस्थित काठमाडौं बिल्डर्स प्रालि यो बुथ बनाएको हो। यसमा अमेरिका नेपाल मेडिकल फाउन्डेसनको पनि सहयोग रहेको जनाएको छ।
अमेरिका नेपाल मेडिकल फाउन्डेसनका डा.अरुण कुँंवरले नेपालमै पहिलो पटक शिक्षण अस्पतालमा बुथ राखिएको बताए। अबका दिनमा यो बुथ काठमाडौंको वीर अस्पताललगायत कोरोनाको परीक्षण हुने मुख्यमुख्य अस्पतालमा राखिने डा.कुँंवरले बताए।
बुथ निर्माण समूहमा संलग्न ईन्जिनियर कृष्णभक्त दुवालले सोमबार नै अस्पताललाई बुथ हस्तान्तरण गरेका हुन्। बुध निर्माणमा राष्ट्रिय अनुसन्धान केन्द्रका अध्यक्ष डा.महावीर पुन, डा.अरुण कुँवर, अमेरिका नेपाल मेडिकल फाउन्डेसनका डा.शंकर ढकाल, ईन्जिनियर हरेराम हुमागाई, ईन्जिनियर विमलराज गोसाई र सिदार्थविक्रम पाण्डेलगायतले सहयोग गरेको उनले बताए। यसले कोरोना भाइरस परीक्षणमा सहयोग पुग्ने उनको विश्वास छ।