Kathmandu Press

बाढीपहिरामा परी १०८ को मृत्यु

प्रहरी प्रधान कार्यालयका अनुसार अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरालगायत विपद्मा परी आज दिउँसोसम्म १०८ जनाको मृत्यु भएको हो।
बाढीपहिरामा परी १०८ को मृत्यु

काठमाडौं, असार ३० : अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिराका कारण हालसम्म १०८ जनाको मृत्यु भएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरालगायत विपद्मा परी आज दिउँसोसम्म १०८ जनाको मृत्यु भएको हो।

Hardik ivf

मृत्यु हुनेमा काठमाडौं उपत्यकामा २, कोशीमा १९, मधेशमा पाँच, बागमतीमा ९, गण्डकी प्रदेशमा ३८, लुम्बिनीमा २३, कर्णालीमा ४ र सुदूरपश्चिम प्रदेशमा ८ जना छन्।

यस्तै यो अवधिमा ११९ जना घाइते भएका छन्। घाइते हुनेमा काठमाडौं उपत्यकामा ८, कोशीमा ३१, मधेसमा ९, बागमतीमा ७, गण्डकीमा २८, लुम्बिनीमा ९, कर्णालीमा १६ र सुदूरपश्चिम प्रदेशमा ११ जना छन् ।

बाढी पहिरोमा परेका ५३ जनाको उद्धार गरिएको र ६ जना अझै बेपत्ता भएको प्रहरीले जनाएको छ।

बाढीको कारण जम्मा १८२ घर डुबानमा परेको बताइएको छ। यस्तै, २०३ वटा घर, ७५ वटा गोठ, ४१ वटा पुल, एक वटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको छ।

५१६ वटा पशुचौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्का घटनाबाट ३५५२ घर परिवार विस्थापित भएका छन्।

प्रकाशित मिति: २१:०० बजे, आइतबार, असार ३०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्