Kathmandu Press

‘नयाँ परराष्ट्रमन्त्री समक्ष सल्लाहकारका लागि निवेदन दिने मन छ’

उनले परराष्ट्र क्षेत्रमा विचार नगरिकन गरिएको सानो कामले पनि देशमाथि ठूलो कुठाराघात हुन सक्ने भएकाले प्रणाली स्थापित गर्ने कामले पूर्णता पाईनसकेको बताए।
‘नयाँ परराष्ट्रमन्त्री समक्ष सल्लाहकारका लागि निवेदन दिने मन छ’

काठमाडौं, असार ३० : उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नयाँ परराष्ट्रमन्त्री समक्ष सल्लाहकार बन्नका लागि निवेदन दिने बताएका छन्।

आइतबार परराष्ट्र मन्त्रीबाट बिदाई हुने आयोजित पत्रकार सम्मेलनमा उनले मन्त्रालयका अपूरा कामहरु पूरा गर्नका लागि सल्लाहकार बन्न निवेदन दिन मन लागेको बताएका हुन्।

Hardik ivf

‘मैले त भनेको पनि थिएँ अर्को मन्त्रीज्यू आउनुहोला, एउटा निवेदन त मैले हाल्नै पर्ला जस्तो लागेको छ। मलाई भोलेन्टियर भएपनि सल्लाहकार बनाउनुस् न तपाईंले केही समयका लागि। पुरै समय त म दिन सक्दैन। मान्छे को–को के गर्ने पनि तपाईं गर्नुहोस्,’ उनले भने, ‘सिस्टम स्थापित गर्नुस् भन्ने चाहिँ मेरो हुन्छ। तर यो केही कामहरु चाहिँ छ परराष्ट्र मन्त्रालयको पूरा गर्नका लागि मलाई भोलेन्टियर तपाईले सल्लाहकार बनाउनुस् न भन्नुपर्ला जस्तो मलाई लागिरहेको छ।’

उनले परराष्ट्र क्षेत्रमा विचार नगरिकन गरिएको सानो कामले पनि देशमाथि ठूलो कुठाराघात हुन सक्ने भएकाले प्रणाली स्थापित गर्ने कामले पूर्णता पाईनसकेको बताए।

‘यहाँ विचार नगरी गरिएको सानो कामले पनि देशमाथि ठूलो कुठाराघात हुनसक्छ । प्रणाली स्थापित गरेर काम गर्नुपर्छ । त्यो पूर्णतः भइसकेको छैन । यसमा म सधैँ सँगै हुनेछ,’ उनले भने।

 

प्रकाशित मिति: १९:४२ बजे, आइतबार, असार ३०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्