Kathmandu Press

युरोकप उपाधिका लागि स्पेन र इंग्ल्यान्ड भीड्दै

इंग्ल्यान्ड लगातार दोस्रो पटक फाइनल खेल्न लागेको हो भने स्पने सन् २०१२ पनि पहिलो पटक फाइलन पुगेको हो।
युरोकप उपाधिका लागि स्पेन र इंग्ल्यान्ड भीड्दै

काठमाडाैं, असार ३० : जर्मनीमा जारी युरोकपमा उपाधिको छिनोफानो आज लाग्दैछ। बर्लिनम आज राति १२ः४५ बजे हुने स्पेन र इंग्ल्यान्डबीचको खेलपछि उपाधिको छिनोफानो हुनेछ।

इंग्ल्यान्ड लगातार दोस्रो पटक फाइनल खेल्न लागेको हो भने स्पने सन् २०१२ पनि पहिलो पटक फाइलन पुगेको हो।

प्रतियोगिता भरनै स्पेन लयमा देखिएको छ। र, युरोकपमा उपाधिमा स्पेनको पक्षम पल्ला केही भारी छ। फाइनल यात्रामा क्रममा स्पेनले डिफेन्डिङ च्याम्पियन इटाली, आयोजक जर्मनी र उपाधिको बलियो दाबेदार फ्रान्सको चुनौती काटेको छ। त्यसैले उसलाई उपाधिमा ‘फेभरेट’ बनाएको हो।

Hardik ivf

यता, जारी प्रतियोतिगामा आफ्नो क्षमता अनुसार खेल्न नसेपनि इंग्ल्यान्डले लागतार दोस्रो पटक फाइनल खेल्दैछ। त्यसैले उसलाई कमजोर आँक्न भने मिल्दैन।

स्पेनले उपाधि जित्ने हो भने उसका लागि निको विलियम्स, रोड्री, फाबियन रुइ, लामिन यमाललगायतको प्रदर्शन मूख्य हुनेछ। यता, इंग्ल्यान्डका लागि भने जुड बेलिङघम, बुकायो साको, ह्यारी केन, फिल फोडेन लगायतको भूमिका महत्वपूर्ण हुनेछ।

लगातार दोस्रोपटक फाइनलमा पुगेको इंग्ल्यान्ड सन् २०२० मा पाएको चोट बिर्सँदै उपाधि उचालन चाहन्छ। समूह ‘सी’बाट फाइनलसम्म आएको इंल्यान्डले समूह चरणको खेलमा एक जित र २ ड्र खेलेको थियो। अन्तिम १६मा उसले स्लोभाकियालाई २–१ले हराएको थियो भने क्वार्टरफाइनलमा स्विट्जरल्यान्डलाई पेनाल्टीमा हराएको थियो। सेमिफाइनलमा भने उसले नेदरल्यान्ड्सलाई पाखा लगाएको थियो।

यता, स्पेनले भने समूहमा तीनै खेल जितेको थियो । उसले समूहमै डिफेन्डिङ च्याम्पियन इटाली र क्रोएसियाजस्ता बलिया टिमलाई हराएको थियो। उसले त्यसपछि अन्तिम १६मा जर्जिया, क्वार्टरफाइनलमा जर्मनी र सेमिफाइलनमा फ्रान्सको चुनौती पन्छाएको थियो ।

स्पेन चौथो पटक उपाधि जित्न चाहन्छ। उससले अन्तिम पटक सन् २०१२ उपाधि जितेको थियो। त्यसअघि उसले सन् २००८ र सन् १९६४ मा पनि उपाधि जितेको थियो।

स्पेन र इङ्ल्यान्ड सन् २०१८ यता पहिलो पटक एकापसमा भिड्न लागेका हुन् । अहिलेसम्म २७ खेल भएको छ। तीमध्ये इङ्ल्यान्ड १४ पटक विजयी छ भने स्पेनको पक्षमा १० जित रहेको छ । अन्य तीन खेल भने बराबरीमा टुंगिएको छ।

 

 

प्रकाशित मिति: १३:५४ बजे, आइतबार, असार ३०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्