Kathmandu Press

२० करोड ३६ लाख मुल्य बराबरको कोकिन सहित मलेसियन महिला पक्राउ 

मलेसियाकी ४७ वर्षीया बाथुमालाई भाडिभालु रहेको प्रहरीले जनाएको छ।
२० करोड ३६ लाख मुल्य बराबरको कोकिन सहित मलेसियन महिला पक्राउ 

काठमाडौं, असार ३० : काठमाण्डौंको ठमेलस्थित सिटी होटलबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध कोकिन सहित एक विदेशी महिलालाई पक्राउ गरेको छ।

 

पक्राउ पर्नेमा मलेसियाकी ४७ वर्षीया बाथुमालाई भाडिभालु रहेको प्रहरीले जनाएको छ। ती महिला बस्दै आएको होटलको कोठाबाट ५ किलो ८२० ग्राम कोकिन समेत बरामद गरिएको प्रहरीले जनाएको छ। 

बरामद कोकिनको बजार मूल्य २० करोड ३६ लाख रुपैयाँ हुन आउने प्रहरीको भनाइ छ ।
 

प्रकाशित मिति: १३:४१ बजे, आइतबार, असार ३०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्