Kathmandu Press

ट्रम्पमाथि २० वर्षीय थोमस म्याथ्यु क्रुकले चलाएका थिए गोली

पेन्सिल भेनियाको बेथेल पार्कका २० वर्षीय थोमस म्याथ्यु क्रुकले गोली चलाएको संयुक्त राज्य अमेरिकाको संघीय जाँच ब्युरो‘एफबिआई’ले जनाएको छ।
ट्रम्पमाथि २० वर्षीय थोमस म्याथ्यु क्रुकले चलाएका थिए गोली

काठमाण्डौं, असार ३० : राष्ट्रपति दौडमा रहेका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पमाथि गोली प्रहार गर्ने संदिग्धको पहिचान खुलेको छ।

पेन्सिल भेनियाको बेथेल पार्कका २० वर्षीय थोमस म्याथ्यु क्रुकले गोली चलाएको संयुक्त राज्य अमेरिकाको संघीय जाँच ब्युरो‘एफबिआई’ले जनाएको छ।

ट्रम्पमाथी गोली चल्नुको कारण भने खुलिसकेको छैन। एफबिआईले ट्रम्पको हत्या प्रयास भएको र यसमा अनुसन्धान भइरहेको जनाएको छ। 

शनिबार साँझ साढे ६ बजे पेन्सिलभेनियाको बट्लरमा चुनावी सभालाई सम्बोधन गरिरहेको स्थनबाट ४ सय फिट उत्तरतर्फ रहेको सानो भवनको छतबाट क्रुकले गोली चलाएका थिए।

र्‍यालीपछि चुनावी सभालाई सम्वोधन गरिरहेका ट्रम्प गोली लाग्नेबित्तिकै उनी दाहिने कान समात्दै बाँकी गोलीबाट बँच्नका लागि  पोडियम पछाडि घुँडा टेकेर बसेका थिए।

सुरक्षाकर्मीले जवाफी गोली चलाउदाँ गोली लागेर क्रुकको घटनास्थलमै मृत्यु भएको थियो।

प्रकाशित मिति: १३:२२ बजे, आइतबार, असार ३०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्