Kathmandu Press

अष्ट्रेलियन राजदूतमा जोन्स्टन नियुक्त, भोल्क विदाइको तयारीमा

यसअघि नाइजेरियाको अबुजामा कार्यावाहक अष्ट्रेलियन उच्चायुक्त रहेकी जोन्स्टनलाई नेपालका लागि नियुक्त गरिएको हो।
अष्ट्रेलियन राजदूतमा जोन्स्टन नियुक्त, भोल्क विदाइको तयारीमा

काठमाडौं, असार २० : अष्ट्रेलिया सरकारले नेपालका लागि लियान जोन्स्टनलाई राजदूतका रुपमा नियुक्ति गरेको छ।

हालकी राजदूत फेलिसिटी भोल्कको तीन बर्षे कार्यकाल सकिएपछि नयाँ राजदूत नियुक्त गरेको हो।

Hardik ivf

सन् २०२१ मा भोल्कलाई अष्ट्रेलियाले राजदूतको रुपमा नेपाल पठाएको थिया । स्वदेश फर्किने भएपछि भोल्क हाल विभिन्न विदाइ कार्यक्रमहरु सरिक भइरहेकी छिन्।

अष्ट्रेलियाकी विदेशमन्त्री पेनी वाङले नेपालका लागि अष्ट्रेलियन राजदूतको रुपमा लियान जोन्स्टनलाई नियुक्त गरेकी हुन्। यसअघि नाइजेरियाको अबुजामा कार्यावाहक अष्ट्रेलियन उच्चायुक्त रहेकी उनलाई नेपालका लागि नियुक्त गरिएको हो।

हालैमात्र नेपाल कानून समाजले भोल्कको विदाइ समारोहको आयोजना गरेको थियो। उनले नेपाल र अष्ट्रेलियाको सम्बन्ध विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा प्रशंसा गरेको थियो।

क्यानबेरामा रहेको नेपाली दूतावासमा जोन्स्टनका लागि स्वागत समारोहको आजोजना गरेको थियो । राजदूत कैलाशराज पोखरेलले जोन्स्टनलाई विशेष स्वागत गरेका थिए।

प्रकाशित मिति: १६:५४ बजे, शनिबार, असार २९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्