मर्ज भएपछि मातृभूमि लघुवित्तले सुरु गर्यो कारोबार
नेपाल राष्ट्र बैंकले दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न गत जेठ २९ गते अन्तिम स्वीकृति दिएको थियो। दुवै संस्था मर्ज भएपछि ‘मातृभूमि लघुवित्त वित्तीय संस्था’को नामबाट कारोबार सुरु गरिएको संस्थाले जनाएको छ।काठमाडौं, असार २९ : जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र किसान लघुवित्त वित्तीय संस्था लिमिटेड लघुवित्त एक आपसमा मर्ज भई एकीकृत कारोबार सुरु भएको छ।
दुई लघुवित्त एक आपसमा मर्ज भए पछि गत बिहीबारबाट एकीकृत कारोबार सुरु भएको हो।
नेपाल राष्ट्र बैंकले दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न गत जेठ २९ गते अन्तिम स्वीकृति दिएको थियो। दुवै संस्था मर्ज भएपछि ‘मातृभूमि लघुवित्त वित्तीय संस्था’को नामबाट कारोबार सुरु गरिएको संस्थाले जनाएको छ।
दुई कम्पनीले गत चैत १८ गते मर्जरका लागि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए।
मर्जर पश्चात् मातृभूमि लघुवित्तको चुक्ता पुँजी ७४ करोड ३३ लाख रुपैयाँ पुगेको छ। नेपालभर २३६ शाखा रहेका उक्त लघुवित्तको सदस्य संख्या २ लाख १६ हजार, ऋणी संख्या ८२ हजार, लगानीमा रहेको कर्जा ११ अर्ब ८२ करोड तथा बचत परिचालन चार अर्ब पुग्ने छ।
अध्यक्ष लोकराज शर्माले आगामी दिनमा संस्थाले सेवाग्राहीको सेवालाई थप ग्राहकमैत्री बनाउँदै दूरदराजमा रहेका ग्रामीण वस्तीहरुमा आफ्नो उपस्थिति जनाउने बताए।
मातृभूमि लघुवित्तलाई नेपालको एक सबल, सक्षम र अग्रणी वित्तीय संस्थाको रुपमा स्थापित गर्न आफूहरु प्रतिबद्ध रहेको उलने बताए।
शाखा मर्जपछि कम्पनीको केन्द्रीय कार्यालय कैलालीको लम्बीचुहा ४ मा रहनेछ।