Kathmandu Press

‘आर्थिक अवस्था होइन, ऋणीहरुको अवस्था बिग्रिएको छ’

‘हाम्रो आर्थिक अवस्था होइन्, ऋणीहरुको अवस्था नराम्रो छ। लिएको ऋणको सदुपयोग गर्नुपर्ने र ऋण दिएको रकमले गर्नुपर्ने काम र त्यसले दिनुपर्ने परिणामहरु सहि किसिमले आउन सकिरहेको छैन्, त्यसमा गम्भीर हुनुपर्छ, उनले भने।
‘आर्थिक अवस्था होइन, ऋणीहरुको अवस्था बिग्रिएको छ’

काठमाडौं, असार २८ : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको आर्थिक अवस्था होइन् ऋणीहरुको अवस्था नराम्रो भएर समस्या आएको बताएका छन्।

शुक्रबार मौद्रिक नीतिको सम्बन्धमा आयोजित छलफलमा उनले दिएको ऋणले गर्नुपर्ने काम र त्यसले दिनुपर्ने परिणामहरू सही किसिमले आउन नसकेकाले समस्या बढेको बताए।

Hardik ivf

‘हाम्रो आर्थिक अवस्था होइन्, ऋणीहरुको अवस्था नराम्रो छ। लिएको ऋणको सदुपयोग गर्नुपर्ने र ऋण दिएको रकमले गर्नुपर्ने काम र त्यसले दिनुपर्ने परिणामहरु सहि किसिमले आउन सकिरहेको छैन्, त्यसमा गम्भीर हुनुपर्छ, उनले भने।

गभर्नर अधिकारीले नेपालको अर्थतन्त्रमा केही कमजोरी नभएको भन्दै समय अनुसार नयाँ प्रविधिहरुको साथ अगाडि बढ्न नसकेको कारणले व्यापार व्यवसायमा असर परेको बताए।

‘ऋणमा डुबेको छ भने त्यसबाट बाहिरिन खोज्नु वा त्यसमा सहजता खोज्नु स्वभाविक नै हो। अहिलेको सबैभन्दा ठूलो समस्या भने मनोबल कमजोर हुनु हो। नभए नेपालको अर्थतन्त्रमा केही कमजोरी छैन्, केही कुराको खाँचो छैन्,’ उनले भने, ‘हिजोको परम्परागत तरिकाले नै काम गर्न खोज्दा स्वभाविक रुपमा व्यवसायमा असर पर्छ। किनभने नयाँ प्रविधिहरु आइरहेको छ, सुविधा धेरै खोजिरहेका छौं।’

उनले समय अनुसार चल्न नसक्दा अहिले त्यसको असर अर्थतन्त्रमा देखिएको बताए।

प्रकाशित मिति: १८:२० बजे, शुक्रबार, असार २८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्