Kathmandu Press

पर्यटन क्षेत्रमा कीर्तीमानी सुधार भएको छ : प्रधानमन्त्री

पर्यटन क्षेत्रमा कीर्तीमानी सुधार भएको छ : प्रधानमन्त्री

काठमाडौं, असार २८ः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पर्यटन क्षेत्रमा उल्लेखनिय सुधार भएको बताएका छन्।

शुक्रबार विश्वासको मत लिने प्रस्ताव संसदमा टेबल गर्दै प्रधानमन्त्री प्रचण्डले गत वर्ष सबै रेकर्ड ब्रेक गरेर १० लाखभन्दा बढी पर्यटक भित्रिएको भन्दै यो वर्ष त्यो रेकर्ड पनि तोडिने बताएका हुन्।

वैशाख महिनासम्म ९ लाख ८७ हजार पर्यटक भित्रिएको उनले बताए। यो गत वर्षभन्दा ३४ प्रतिशतले बढी भएको पनि प्रधानमन्त्रीले बताएका छन्।

प्रकाशित मिति: १४:४८ बजे, शुक्रबार, असार २८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्