Kathmandu Press

कालिकोटमा भीरबाट लडेर एक महिलाको मृत्यु

कालीकोटमा भीरबाट लडेर धेरैको मृत्यु हुने गरेको छ। एक वर्ष मात्र भीरबाट लडेर मात्र २१ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
कालिकोटमा भीरबाट लडेर एक महिलाको मृत्यु

कालिकोट, असार २८ : कालिकोटको तिलागुफा गाउँपालिका ७ छाप्रेमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ।

शुक्रबार बिहान ९ बजे बालीघाट भीरमा घाँस काट्ने क्रममा माथिबाट आएको ढुंगा लागेर लडेकी ६७ वर्षीया आशा शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ।

भीरबाट लडेर डेढ सय मिटर तल खसेपछि घाइते भएकी शाहीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। कालीकोटमा भीरबाट लडेर धेरैको मृत्यु हुने गरेको छ। एक वर्ष मात्र भीरबाट लडेर मात्र २१ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक शाहीका पति चक्रबहादुर शाही ज्याला मजदुरीका लागि भारत गएका छन्।
 

प्रकाशित मिति: १४:०९ बजे, शुक्रबार, असार २८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्