Kathmandu Press

नापी सर्वेक्षक यादव घुससहित पक्राउ

सेवाग्राहीसँग लिएकाे चार लाख रुपैयाँ घुस रकम सहित ललितपुर महानगरपालिका–१२ लगनखेलमा रहेको आरबी सेन्टरबाट पक्राउ गरेको हो।
नापी सर्वेक्षक यादव घुससहित पक्राउ

काठमाडौं, असार : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीबाट घुस लिइ रहेको अबस्थामा नापी कार्यालय लगनखेल ललितपुरमा कार्यरत सर्वेक्षक संजिव कुमार यादवलाई नियन्त्रणमा लिएको छ।

जग्गा हालसाविक गरी पूर्जा उपलब्ध गराइदिने प्रयोजनका लागि सेवाग्राहीसँग लिइएकाे चार लाख रुपैयाँ घुस रकम सहित ललितपुर महानगरपालिका–१२ लगनखेलमा रहेको आरबी सेन्टरबाट पक्राउ गरेको हो।

नापी सर्वेक्षक यादव सहित आरबी लेखापढी सेन्टरका संचालक राम बाबु भुजेललाई पनि अख्तियारले नियन्त्रणमा लिएको छ।
 

प्रकाशित मिति: १२:४५ बजे, शुक्रबार, असार २८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्