Kathmandu Press

काजक्रिया सकियो, पीडा उस्तै

काठमाडौं, फागुन १५ : विप्लव नेतृत्वको माओवादीले गरेको बम विस्फोटनमा परेर मृत्यु भएका  सिंहप्रसाद गुरुङका परिवार अझै पीडामा बाहिर निस्किन सकेका छै....

काजक्रिया सकियो, पीडा उस्तै
रिवाज राई

काठमाडौं, फागुन १५ : विप्लव नेतृत्वको माओवादीले गरेको बम विस्फोटनमा परेर मृत्यु भएका  सिंहप्रसाद गुरुङका परिवार अझै पीडामा बाहिर निस्किन सकेका छैनन् । आज उनको परिवारले काजक्रिया पूरा गर्दा पनि आफन्तजन आँशु खसाली रहेका थिए ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले फागुन १० गते साँझ एनसेलको कार्यालय रहेको नख्खुमा बम विस्फोट गराएको थियो । बम विस्फोटनमा सिंहप्रसादसहित तीन जना घाइते भएका थिए । उनको उपचारका क्रममा अस्पतालमै मृत्यु भएको थियो । अन्य दुई जनाको उचपार भइरहेको छ ।

Hardik ivf

सिंहप्रसादका परिवारले आफ्नो धार्मिक संस्कार अनुसार, आज काजक्रिया पूरा गरेका छन् । बुधबार भैसेपाटीस्थित घरमा उनका परिवारजन र आफन्त उपस्थित थिए । उनीहरु सबै शोकमा डुबेका थिए ।

बुधबार श्रद्धाञ्जली अर्पण गर्दा उनकी पत्नी सुशीला गुरुङ (४०), छोराछोरीहरू स्वेता गुरुङ (२०), शिना गुरुङ (१७) र अंकुश गुरुङ (१२) आँखा भिजेकै थिए । आफन्त र छरछिमेकले उनीहरुलाई सान्त्वना दिइरहेका थिए ।

पूर्व सिंगापुर प्रहरी सिंहप्रसाद गाडी पार्किङ गरेर निस्कने बेला विस्फोटनमा परेका थिए ।

प्रकाशित मिति: १४:४३ बजे, बुधबार, फागुन १५, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्