पहिरोले सिस्नेरी–दक्षिणकाली सडक अवरुद्ध
सडक अवरुद्ध भएका कारण हेटौंडा–काठमाडौं जोड्ने सिस्नेरी–दक्षिणकाली सडकखण्डमा पूर्णरुपमा बन्द भएको छ।
मकवानपुर, असार २८ : लगातार परेको अविरल वर्षाका कारण पहिरो जाँदा हेटौंडा–काठमाडौं आउजाउ गर्ने छोटो दुरीको राजमार्ग अवरुद्ध भएको छ।
सडक अवरुद्ध भएका कारण हेटौंडा–काठमाडौं जोड्ने सिस्नेरी–दक्षिणकाली सडकखण्डमा पूर्णरुपमा बन्द भएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित छेपारे भन्ने स्थानमा पहिरो खस्दा बाटो पूर्णरुपमा अवरुद्ध भएको हो।
ठूलो पहिरो भएका कारण तत्काल बाटो खुल्ने सम्भावना नरहेको प्रहरीले जनाएको छ। स्थानीय तह र सडक डिभिजनसँग सहकार्यमा प्रहरीले बाटो खुलाउने प्रयास गरिरहेको छ।
प्रहरीले काठमाडौं आउजाउका लागि छोटो मार्ग प्रयोग गर्नेहरुलाई कुलेखानी–फाखेल र कुलेखानी–मातातीर्थको बाटो प्रयोग गर्न आग्रह गरेको छ। उक्त बाटो पूर्णरुपमा सञ्चालनमा रहेको छ।
प्रकाशित मिति: ११:३९ बजे, शुक्रबार, असार २८, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












