सुनको मूल्यले बनायो नयाँ रेकर्ड
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य एकै दिन १८ सय बढेर प्रतितोला १ लाख ४६ हजार ७ सय रुपैयाँ पुगेको छ।
काठमाडौं, असार २८ : शुक्रबार सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य एकै दिन १८ सय बढेर प्रतितोला १ लाख ४६ हजार ७ सय रुपैयाँ पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार १ लाख ४४ हजार ९ सय रूपैयाँमा कारोबार भएको सुन आज १८ सय रूपैयाँले बढेर १ लाख ४६ हजार ७ सय रूपैयाँमा कारोवार भइरहेको छ।
त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४६ हजार रूपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ। बिहीबार तोलामा १ हजार ८ सय ८५ रूपैयाँमा कारोबार भएको चाँदी आज १५ रूपैयाँले बढेर १ हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको छ।
प्रकाशित मिति: ११:३२ बजे, शुक्रबार, असार २८, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1764753058.png)
-1764751301.jpg)