Kathmandu Press

कास्कीमा कोरोना संक्रमित बोक्ने छुट्टै एम्बुलेन्स

कास्की, चैत २४ : कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले कोरोना शंका गरिएका र कोरोना संक्रमित पुष्टि भएकाहरुका ल....

कास्कीमा कोरोना संक्रमित बोक्ने छुट्टै एम्बुलेन्स

कास्की, चैत २४ : कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले कोरोना शंका गरिएका र कोरोना संक्रमित पुष्टि भएकाहरुका लागि छुट्टै एम्बुलेन्सको व्यवस्था गर्ने भएको छ। प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले वर्तमान अवस्थालाई  ध्यानमा राखी जोखिम न्यूनीकरणका लागि  व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) लगायका चालकसहित ६  एम्बुलेन्सको व्यवस्था गरिएको जानकारी दिए।

शर्माका अनुसार पहिलो चरणमा नेपाल रेडक्रस सोसाइटी कास्की, आर्मी अस्पताल फूलबारी, हरियोखर्क अस्पताल नयाँगाउँ, बिजी अस्पताल माटेपानी, सिद्धार्थ क्लब बगालेटोल र फिस्टेल अस्पताल गैह्रापाटनका एम्बुलेन्सका चालकलाई पीपीईसहित परिचालन गर्ने निर्णय गरिएको हो। उनका अनुसार सुरक्षा सामग्रीको अभावमा एम्बुलेन्सले शंकास्पद बिरामी बोक्न आनाकानी गर्न थालेपछि यो निर्णय गरिएको हो। 

प्रकाशित मिति: ११:२२ बजे, सोमबार, चैत २४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्