Kathmandu Press

ग्लोबल आईएमई बैंकको निक्षेप ५ खर्ब नाघ्यो

बढ्दो वित्तीय समावेशीकरण, आर्थिक गतिविधि र विप्रेषण प्रवाहका कारण बैंकहरूमा निक्षेप बढेको बैंकले जनाएको छ।
ग्लोबल आईएमई बैंकको निक्षेप ५ खर्ब नाघ्यो

काठमाडौं, असार २७ : ग्लोबल आईएमई बैंकको निक्षेप ५ खर्ब रुपैयाँ नाघेको छ। बैंकका अनुसार बुधबार बैंकको निक्षेप ५ खर्ब १ अर्ब रुपैयाँ पुगेको हो।

नेपाल राष्ट्र बैंकले गत हप्ता प्रकाशित गरेको विवरणअनुसार वाणिज्य बैंकहरूको कुल निक्षेप ५६ खर्ब ७४ अर्ब रुपैयाँ रहेको छ। बढ्दो वित्तीय समावेशीकरण, आर्थिक गतिविधि र विप्रेषण प्रवाहका कारण बैंकहरूमा निक्षेप बढेको बैंकले जनाएको छ।

निक्षेपका साथसाथै धेरै सूचकहरूमा अन्य बैंक तथा वित्तीय संस्थाहरूभन्दा अगाडि रहेको बैंकको दाबी छ। वाणिज्य बैंकहरूको कुल निक्षेपसँग तुलना गर्दा ग्लोबल आईएमई बैंकको निक्षेप तर्फको बजार हिस्सा ८.८३ प्रतिशत छ।

ग्लोबल आईएमईको ५ सय अर्ब रुपैयाँभन्दा बढी निक्षेप हुने विषय यस बैंकको मात्र सफलताको प्रतिविम्ब नभई नेपालको बैंकिङ क्षेत्रको बढ्दो विस्तार र गतिशीलताको संकेत भएको बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले बताए।

 

प्रकाशित मिति: २०:४० बजे, बिहीबार, असार २७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्