Kathmandu Press

‘स्मृतिमा सीता दाहाल’ पुस्तक विमोचन

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको प्रधानमन्त्री दाहालकी जीवन सङ्गीनी सीता दाहालको प्रथम स्मृति दिवसमा ‘श्रद्धाञ्जली’ कार्यक्रममा उनले पुस्तक विमोचन गरे।
‘स्मृतिमा सीता दाहाल’ पुस्तक विमोचन

काठमाडौं, असार २७ : प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ‘स्मृतिमा सीता दाहाल’ पुस्तक विमोचन गरेका छन्।  

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको प्रधानमन्त्री दाहालकी जीवन सङ्गीनी सीता दाहालको प्रथम स्मृति दिवसमा ‘श्रद्धाञ्जली’ कार्यक्रममा उनले पुस्तक विमोचन गरे।

Hardik ivf

श्रद्धाञ्जली कार्यक्रममा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरू अग्नी सापकोटा, पम्फा भुसाललगायत पार्टी पदाधिकारी, पार्टीका नेता, कार्यकर्ताहरूले श्रद्धाञ्जली अर्पण गरे।

सीताको स्मरण गर्दै पार्टी उपाध्यक्ष श्रेष्ठले जनयुद्धबाट प्राप्त उपलब्धीको रक्षा गर्ने र जनताको सेवामा समर्पित हुने प्रतिबद्धता व्यक्त गरे।

सीता परिवर्तनका योद्धाका रूपमा सँधै स्मरणमा रहने बताउँदै उपाध्यक्ष श्रेष्ठले पार्टीलाई थप एकताबद्ध बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिए।

माओवादी केन्द्रका केन्द्रीय सल्लाहकारसमेत रहेकी सीता दाहाल विसं २०२८ देखि कम्युनिष्ट आन्दोलनमा लागेकी थिइन भने विसं २०५२ देखि पार्टी अध्यक्ष दाहालले नेतृत्व गरेको जनयुद्धमा सहभागी भएकी थिइन्।

प्रकाशित मिति: १२:३५ बजे, बिहीबार, असार २७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्