Kathmandu Press

नेप्से २३ अंकले वृद्धि, पाँच अर्ब बढीको कारोबार

आज हाथवे इन्भेष्टमेन्ट नेपाल १५ करोड बढिको सेयर कारोबार गरी शीर्षस्थानमा रहेको छ।
नेप्से २३ अंकले वृद्धि, पाँच अर्ब बढीको कारोबार

काठमाण्डौं, असार २६ : बुधवार नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भएको छ। नेप्से परिसूचक २३.२५ अंकले बढेर २१७५.४० विन्दुमा बन्द भएको छ।

सेन्सेटिभ इण्डेक्स १.२६ प्रतिशतले बढेर ३८५.७५ विन्दुमा पुगेको छ। आज ३२२ स्क्रिप्सको १ करोड ५२ लाख २९ हजार ६ हजार ७३९ कित्ता सेयर ५ अर्ब ७४ करोड ४० लाख ८३ हजार ३९१ रुपैयाँमा कारोबार भएको छ।

Hardik ivf

बलेफी हाइड्रोपावरको सेयर ९.९९ प्रतिशतले वृद्धि भएको छ भने बुद्धभूमि नेपाल हाइड्रोपावरकोसेयर १० प्रतिशतले घट्यो। त्यसै गरी समाज लघुवित्त वित्तीय संस्थाको सेयर ९.८८ प्रतिशतले घटेको छ। आज हाथवे इन्भेष्टमेन्ट नेपाल १५ करोड बढिको सेयर कारोबार गरी शीर्षस्थानमा रहेको छ।

जानकी फाइनान्सको १४ करोड, एनआरएन ११ करोड, सीईडीबी हाइड्रोपावर डेभलपमेन्टको ९ करोड र नगदी ग्रुपको ८ करोड मूल्य बराबरको सेयर कारोबार भएको छ।

बुधवार डेभलपमेन्ट बैंकबाहेक अन्य समूहको उपसूचक सकारात्मक देखिएको छ। कारोबारमा आएकामध्ये १९४ स्टकको मूल्य बढ्दा ४६ वटाको घटेको छ। बाँकीसमूहको उपसूचक भने स्थिर रह्यो। 
 

प्रकाशित मिति: १६:०८ बजे, बुधबार, असार २६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्