Kathmandu Press

नेपाल–चीन सम्बन्धमा अमेरिकी चासोप्रति चिनियाँ राजदूतको कडा प्रतिक्रिया

काठमाडौं, फागुन १५ : नेपालका लागि चीनकी राजदूत होउ यानछीले नेपाल–चीन विकास साझेदारीका सम्बन्धमा अमेरिकी अधिकारीले व्यक्त गरेको चासो गैरजिम्मेवार....

नेपाल–चीन सम्बन्धमा अमेरिकी चासोप्रति चिनियाँ राजदूतको कडा प्रतिक्रिया

काठमाडौं, फागुन १५ : नेपालका लागि चीनकी राजदूत होउ यानछीले नेपाल–चीन विकास साझेदारीका सम्बन्धमा अमेरिकी अधिकारीले व्यक्त गरेको चासो गैरजिम्मेवार रहेको भन्दै कडा शब्दमा विरोधी गरेकी छिन् ।

चीनको बेल्ट एण्ड रोड पहलमा नेपालको भूमिकाका बारेमा मंगलबार आयोजित एक कार्यक्रममा उनले यस्तो प्रतिक्रिया दिएकी हुन् । राजदूतको प्रतिक्रिया चिनियाँ राजदूतावासले बुधबार उसको वेबसाइटमा राखेको छ ।

नेपाल भ्रमणमा रहेका अमेरिकी रक्षा सहायक मन्त्री जोसेफ फेल्टरले सोमबार (फागुन १३ मा) विकास परियोजनाहरूमा चीनसँग साझेदारी गर्दा विभिन्न मुलुक ऋणमा परेको बताएका थिए । उनले चीन र नेपालबीच रोड एण्ड बेल्ट इनिसिएटिभअन्तर्गत भएका विकास परियोजनाका साझेदारीमा नेपालको हीत सुनिश्चित गर्न सुझाव दिएका थिए ।

चिनीयाँ राजदूतले फेल्टरको यस्तो दाबीलाई अस्वीर गरेको चिनियाँ राजदूतावासले जारी गरेको लामो विज्ञप्तिमा जनाइएको छ ।

 

प्रकाशित मिति: १३:१७ बजे, बुधबार, फागुन १५, २०७५